Monday May 29, 2023

नेपालको चमत्कारिक प्रदर्शन, यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट

२ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1391


नेपालको चमत्कारिक प्रदर्शन, यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट

शीतलपाटीन्युज डटकम।

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।

खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको लक्ष्य भन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय गर्यो।

नेपालका लागि कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै,भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेर आउट हुँदा आरिफ शेखले ६२ बलमा दुई चौकासहित ५२ रनको महत्त्वपूर्ण इनिङ खेले। यस्तै,गुल्शन झा ५० रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरीले अविजित १० रन बनाएका थिए। यूएईका लागि जुनेद सिद्धिक्वीले सर्वाधिक तीन, आयान खानले दुई तथा जहुर खानले एक विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।

त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।

नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकट लिए। सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।

जितसँगै लिग २ मा तेस्रो बनेको नेपालले जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो भइसकेका छन्। नेपालले दुई खेल अगावै एकदिवसीय मान्यता जोगाइसकेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?