३ चैत्र, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलेलन्डनमा भेटघाट गरेका छन।विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी 'पार्टनरसीप फर हेल्दीसिटीज् समिट’ नामक सम्मेलनमा भाग लिन आएका मेयर शाहसंग अध्यक्ष गाहामगरले बिहीबार बिहानसेन्ट्रल लन्डनमा भेटेका हुन्।
दूतावासमा समेत नगएका मेयर शाहले गाहामगरसंगमात्र भेटको समय दिएका थिए। आज शुक्रबार नै फर्कनेकार्यक्रम भएकाले एनआरएनए यूकेको सार्वजनिक कार्यक्रममा सहभागी हुन निमन्त्रणा स्वीकार गर्न नसकेपनि मेयर बालेनले बेग्लै एक घण्टा समय छुट्याएका हुन्।
झण्डै एक घण्टा लामो भेटमा अध्यक्ष गाहामगरले आफ्नो २८ वर्षको बेलायत अनुभव,यहांको स्मार्ट सिटीअवधारणा,वायु प्रदुषण न्यूनीकरण,फोहरमैला व्यवस्थापन र ट्राफिक चाप नियन्त्रणमा बेलायतलेअपनाइरहेको सिस्टम, ब्रिटिश गोर्खा इतिहास,परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व आदिबारे कुराकानीगरेको जनाए।गाहामगरले काठमाडौंलाई स्मार्ट सिटी बनाउन मेयर बालेनसंग के कस्ता योजना छन् रएनआरएनए यूकेले कसरी सहकार्य गर्न सक्छ भन्ने चासो समेत व्यक्त गरेका थिए।
प्रत्युत्तरमा मेयर शाहले आफूले भर्खर काम शुरु गरेको र यसमा अनेक चुनौति रहेका बताएका थिए। आफ्नोनीति तथा कार्यक्रम बमोजिम सुरक्षित,प्रदुषण र फोहररहित स्वच्छ पर्यावरणयुक्त शहर,भौतिक पूर्वाधारविकास, सुविधायुक्त सार्वजनिक यातायात, काठमाडौंमा पुराना सवारी साधन हटाएर विद्युतीय सवारीसाधनलाई प्रोत्साहन आदि योजना सुनाउंदै मेयर शाहले बेलायतका गैर आवासीय नेपालीको ज्ञान र सीपपनि जरुरी हुने धारणा राखेका थिए।
गाहामगरले बालेनलाई एनआरएनए आइसीसी पूर्व अध्यक्ष डा.शेष घलेले अगाडि सारेको ग्रीन हाइड्रोजनप्रोजेक्ट सवारी प्रदुषण न्यूनीकरणमा प्रभावकारी हुन सक्ने सुझाउंदै युवा जनशक्ति परिचालनमा आफूहरुलेसहयोग गर्न सक्ने अठोट व्यक्त गरेको बताए। उक्त भेटमा मेयर शाहले लन्डनको जनसंख्या,नेपालीसहितआप्रवासीको अवस्था आदिबारे पनि जिज्ञासा राखेका थिए ।
बेलायत भ्रमणमा मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा.जगदिश अग्रवाल,वडा २४ का अध्यक्ष विनोदराजभण्डारी र स्वकीय सचिव भूपदेव शाह पनि छन्।मेयर बालेन टोली आजै शुक्रबार स्वदेश फर्किनेकार्यक्रम छ।
(श्रोत-एनआरएन युके प्रवक्ता)