५ चैत्र, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बेजिंगस्टोकमा हिजो एक बिशेष कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय मातृ भाषा दिवस मनाईयो।
बेजिंगस्टोक स्थित बेजिंगस्टोक मल्टिकल्चरल फोरमले आयोजना गरेको सो समारोह फोरमका अध्यक्ष शिवजी श्रेष्ठको अध्यक्षतामा भयको सो कार्यक्रमको स्थानीय बेजिंगस्टोक एण्ड डिन काउन्सिलका मेयर पउल मिलरको प्रमुख आतिथ्यतामा भएको थियो। २७ देशका ७५ वटा सामाजिक तथा सांस्कृतिक संगठन आबद्ध फोरमले कोभिड महामारी पश्चात पहिलो पटक प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमको आयोजना गरिएको कुरा फोरममा सचिब नितिन पाटिलले बताएका छन।
सो अवसरमा मेयर मिलरले संसारका बिभिन्न देशहरुबाट आएका आप्रवासीहरुले काउन्सिल, स्थानीय संघ संस्था तथा सामुदायिक संस्थाहरुलाई समेटेर यस्ता कार्यक्रम आयोजना गर्नु सह्रानीय कुरा हो भनेर बताए। सोहि अवसरमा हेड अफ द काउन्सिलर साइमन बाउन्डले यो फोरम बेजिंगस्टोकमा युनाइटेड नेसन्स जस्तो भएको कुरा बताउदै ७५ वटा बिभिन्न सामुदायिक संगठनहरुलाई एक ठाउँमा राखेर सामुदायिक कार्य गर्नु प्रशंशा योग्य कार्य भएको बताए। यसै गरी काउन्सिलमा लेबर काउन्सिल लिडर एन्डी माकर्मिकले मातृभाषाको जगेर्ना गर्दै आफ्ना बच्चाहरुलाई सिकाउन सक्नु भनेको आफ्नो भाषाको रक्षा गर्नु हो भन्दै यसलाई निरन्तरता दिन सुझाए।
कार्यक्रममा सबैलाई स्वागत गर्दै अध्यक्ष शिवजी श्रेष्ठले संसार भर ७००० भाषा बोलिन्छ,संसारका ८०% डिजिटल सामग्री अंग्रेजीमा भएपनि सपना चाहि मातृभाषामा नै देखिने कुरा बताउदा सहभागीहरु भाबुक बनेका थिए।
ट्रष्टी देवश्रीले संचालन गरेको सो कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले आ-आफ्ना भाषामा बिभिन्न प्रस्तुति दिएका थिए। यसैगरी नेपाली कलाकारहरु खुशी राइ,दीपा लिम्बु सहित ३ जनाले नेपाली गीतमा नाच प्रस्तुत गरेका थिए भने नेपाली युवा सुशान्त श्रेष्ठले ४ वटा भाषा (अंग्रेजी,नेपाली, हिन्दि र स्पेनिश) मा आफ्नो प्रस्तुति गरेका थिए। सो कार्यक्रममा बेजिंगस्टोक नेपाली समुदायका अध्यक्ष ओम गुरुङ,बेजिंगस्टोक हिन्दु सोसाइटीका निबर्तमान अध्यक्ष्य किशोर पटेल,अफ्रिकन सोसाइटीका अध्यक्ष नसिमा,अफ्रो क्यारेबियन का पउल ह्यामिल्टन, सिटिजेन एडभाइस ब्युरो प्रमुख ग्राहम, इटालियन कम्युनिटीका इलारिया कोर्नी,फार्नबोरो इन्डियन सोसाइटीका महेश कुमार लगायत बिभिन्न देशबाट आइ बेजिंगस्टोकमा बसोबासरत व्यक्तित्वहरुको उपस्थिति थियो।
२७ देशका सामुदायिक नेताहरु संलग्न सो फोरममा पहिलो पटक नेपाली अभियन्ता पुर्ब डिएसपी शिवजी श्रेठले नेतृत्व गरिरहेका छन।