६ चैत्र, २०७९
गोमा राना।
लण्डन। हिजो १९ मार्च २०२३ आइतबारको दिन जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस मनायो। उक्त कार्यक्रम आदिवासी जनजाति महासंघले श्रीजनशील नेपाली समाजसंगको सहकार्यमा दुई चरणमा मनाइएको थियो। पहिलो चरणमा अन्तर्राष्ट्रिय रङ्गभेदको स्मरण गर्दै र दोस्रो "अ स्याड सङ अफ लभ" बृत चित्र देखाइएको थियी।
जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष मार्च २१ मा मनाइन्छ। त्यस दिन १९६० मा, रंगभेद पास कानून विरुद्ध दक्षिण अफ्रिकाको शार्पभिलमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलायो। ६९ जनाको ज्यान गएको थियो भने १८० जना घाइते भएका थिए। १९६६ मा यो दिन घोषणा गर्दै, संयुक्त राष्ट्र महासभाले अन्तर्राष्ट्रिय समुदायलाई सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्न आफ्नो प्रयास दोब्बर गर्न आह्वान गरेको थियो।
जाजरकोटको घटना पनि जातीय विभेद हो र यस्तो बिभेद्को उन्मुलन गर्न जनचेतनाकै लागि यो कार्यक्रमको आयोजना गरिएको थियो।
यो "अ स्याड सङ अफ लभ" वृतचित्रमा रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाको सोती गाउँमा ६ युवाको हत्याको बरेमा रहेको छ। १७ वर्षीया किशोरीको परिवारले जाजरकोट भेरी नगरपालिकाका २१ वर्षीय नवराज विकसँग प्रेम सम्बन्ध राखेकोमा खुसी नभएको भन्दै यो सामूहिक हत्या भएको र युवतीलाई पहिले नियन्त्रणमा लिइयो र त्यसपछि नदीमा फाल्नु अघि मारिएको। यस्तो षड्यन्त्र र दर्दनाक घटना नदोहोरियोस भनी जनचेतनाकै लागि यो वृतचित्र तयार पारिएको हो भनी नेपाल बाट आउनुभएका चेरुङ फिल्म प्रालीका अध्यक्ष जीवन प्रकाश शेर्माले बताएका छन्।
बिभिन ब्यक्तिहरुले आआफ्नो मन्तव्य दिने क्रममा सल्लाहकार एकेन्द्र गुरुङ हामी सबै जो जहाँ छौ त्यहीँ बाट यस्ता सामाजिक जातीय बिकृती, कुरिती विसङगतिहरुको बारेमा एक भएर ससक्त भएर एक भएर अगाडि पर्छ ।यस्लाइ हटाउनु शिक्षाको महत्त्व छ हाम्रो देशको कुनाकुनामा शिक्षा पुर्याउनु जरुरी छ। यस्तै वाचस्पती रेग्मीले त्यहाँको घटना बारे सुन्नासाथ प्रहरीले दुवै पक्षका ब्यक्तिलाइ राखेर प्रत्येक्ष कुरा बुझेर त्यस अनुसार सुरक्षा दिनुका साथै सम्झौता समाधान तर्फ लाग्नु पर्ने कुरा प्रस्त्याएका थिए।
किरात राई यायोख्खा का अध्यक्ष योगेश राइले यो रङ्ग भेद मात्र नभै जातिय भेद बर्गिय बिभेद नशिय विभेद हो। नेपालको पुर्बको जिल्ला रोइरहेको छ जलिरहेको बेखुसी,विभेद भइरहेको छ पहिचानको आधारमा नामाकरण नहुदा सम्म न्याय नमिल्दा सम्म आन्दोलन जारी रहने सजग गर्दै किरात राई यायोख्खा बेलायत ले मानविय र समान अधिकारको आधारले आर्थिक नैतिक रुपमा सहयोग गर्ने र अरुसबैलाइ न्यायको लागि आह्व्वन गरेका छन।
टेक बहादुर थापा- जात र थर जे छ त्यहीनै लेख्नु पर्छ कुनै जात थर सानो ठुलो हुदैन तर समाजमा साना र ठुलो जात भनेर छुट्टाएकोले नै यस्तो श्रीजना भएको हो यस्लाइ उन्मुलन गरिनु पर्ने कुरा राखेका थिए। फोनिजकी अध्यक्ष गोमा राना -जातिय विभेद लाई अन्त्य गर्न आम जनतामा चेतना र सजकता हुनु पर्ने, ती ६ जना युबाहरु के कसरी मारिए मिडियाले सत्य तथ्य समाचार दिदै वहाँहरुले न्याय पाउनु पर्ने कुरा राखेका थिए।
श्रीजनशील समाजका संरक्षक शेर सुनार आफू जातकै आधारमा हरेक क्षेत्रमा भेदभाव भएको तितो अनुभव सुनाउदै,आफू स्कुलमा हुदा कसैले नदेख्ने गरि पानी पिउनु पर्ने कसैले देखे उमले छोएको भनि घैटो फुटाइन्थ्यो। केही समय पहिले १० लाख सङ्कलन गरेर त्यो बिध्यालयमा, उनको कारणले धेरै घैटो फुटाएको कुरा राख्दै प्राध्यापकलाई १० लाख स्कुलको सहयोगको लागि हस्तान्तरण गरेको कुरा र अब यस्तो तितो अनुभव कसैले गर्न नपरोस भनि सबैलाइ भावुक बनाएका थिए। यस्तै अन्य बक्ताहरुले पनि एक्काइसौं शताब्दीमा आउँदा पनि हामीले यस्तो मानसिक यातना भोग्नु परेकोमा दुख ब्यक्त गर्दै यस्को उन्मुलन तर्फ एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रम आदिवासी जनजाति महासंघका नेफिनका अध्यक्ष कमान सिंह कर्मा पहाडी शेर्पाको अध्यक्षतामा प्रमुख अतिथि श्रीजनशील समाजका संरक्षक तथा सस्थापक अध्यक्ष शेर सुनार, विशेष अतिथि विश्व मस्त धर्म महासंघको केन्द्रिय सचिब टेक बहादुर थापा, अतिथिमा आदिवासी जनजाति पत्र्कार महासंघ फोनिजकि अध्यक्ष गोमा राना,किरात राई यायोख्खाका अध्यक्ष श्री योगेश कोयु राई, एन आर ए आइसिसि सदस्य शुशिला राई, पत्रकार शिव कल्चरका अध्यक्ष श्री वाचस्पती रेग्मी, साहित्यकार गीतकार नेफिन सल्लाहकार श्री एकेन्द्र गुरुङ,मगर संघ युकेका उपाध्यक्ष रुद्र थापा,KYC रश्मोर शाखाका पुर्ब अध्यक्ष जीत मेन्याङ्बो,पत्रकार नरेन्द्र नेम्बाङ,श्रीजनशील समाजका निवर्तमान अध्यक्ष भक्त दर्जी लगायतका विभिन्न ब्यक्तिहरुको बाक्लो उपस्तिथि रहेको थियोे।
नेफिनका वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले आफ्नो भनाइ राख्दै बिभेद्को अन्त्य घरैदेखि हुन जरुरी छ भन्दै सबैलाई स्वागत मन्तब्य राखेकी थिइन् ।कार्यक्रम नेफिनको महासचिव बिमला सेनेले गरेकी थिइन। कार्यक्रमकोअन्त्यमा नेफिन अध्यक्षले जातिय रङ्गभेदको बारेमा कुरा राख्दै,सबैको पहल निर्देशनबाट लखन थापालाइ प्रथम सहिद राज्यबाट घोषणा भए जस्तै सबै एकजुट भएर यो नेपालको जातिय विभेद अन्त्य गर्नु पर्छ र हाम्रो हरेक मुद्दालाई उजागर गर्न एक भै आगामी दिनमा पनि यो रङ्ग भेद दिवस भब्यताका साथ मनाउन नेफिन युके सधैं फेसिलेट गर्ने प्रतिबद्धता जनाउदै उपस्थित सबैलाई धान्यवाद दिएका थिए।