Monday May 29, 2023

अन्तर्राष्ट्रिय रंगभेद दिवस लण्डनमा मनाउदै गर्दा जाजरकोटको स्व. नवराज बिकको हत्यालाई शंझियो

८ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1241


अन्तर्राष्ट्रिय रंगभेद दिवस लण्डनमा मनाउदै गर्दा जाजरकोटको स्व. नवराज बिकको हत्यालाई शंझियो

शीतलपाटीन्युज डटकम।

लण्डन। आदिवासी जनजाति महासंघ युकेले शृजनशील नेपाली समाज युकेसंगको सहकार्यमा १९ मार्च २०२३ आइतबारको दिन जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस मनाईयो। 

दुई चरणमा मनाइएको सो कार्यक्रममा पहिलो चरणमा अन्तर्राष्ट्रिय रङ्गभेदको स्मरण गर्दै र दोस्रो "अ स्याड सङ अफ लभ" बृतचित्र देखाएर मनाईएको थियो। 

आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको अध्यक्षतामा भयको उक्त कार्यक्रममा प्रमुख अतिथी शृजनशील नेपाली समाज युके संस्थापक संरक्षक शेर बहादुर सुनार रहनु भयको थियो। संस्थाको उपाध्यछ लिला मावोले स्वागत भाषण गर्दै शुरु भयको सो कार्यक्रम संस्थाको महासचिव बिमला सेनीले संचालन गर्नु भयको थियो।

जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष मार्च २१ मा मनाइन्छ। सन १९६० मा रंगभेद बिरुध्द दक्षिण अफ्रिकाको शार्पभिलमा शान्तिपूर्ण प्रदर्शन हुदा प्रहरीले अन्धधुन्द गोली चलायो। सो गोली चल्दा ६९ जना निर्दोस नागरिकहरुको ज्यान गएको थियो भने १८० जना घाइते भएका थिए। १९६६ मा यो दिनलाई कालो दिन घोषणा गर्दै संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय समुदायलाई सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्न आफ्नो प्रयास दोब्बर गर्न आह्वान गरेको थियो। त्यो समयलाई शंझना गर्दै अन्तर्राष्ट्रिय रंगभेद दिवस मनाउने गरियको र हाम्रो जाजरकोटको घटना पनि जातीय विभेद हो। यस्तो बिभेद्को उन्मुलन गर्न जनचेतना कै लागि यो कार्यक्रमको आयोजना गरिएको थियो।

यो "अ स्याड सङ अफ लभ" वृतचित्रमा रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाको सोती गाउँमा ६ युवाको हत्याको बारेमा रहेको छ। १७ वर्षीया किशोरीको परिवारले जाजरकोट भेरी नगरपालिकाका २१ वर्षीय नवराज विकसँग प्रेम सम्बन्ध राखेकोमा खुसी नभएको भन्दै  यो सामूहिक हत्या भएको र युवकलाई  पहिले नियन्त्रणमा लिएर नदीमा फाल्नु अघि मारिएको थियो।

यस्तो षडयन्त्र र  दर्दनाक घटना नदोहोरियोस भनी जनचेतनाकै लागि यो वृतचित्र तयार पारिएको हो भनी नेपालबाट आउनु भएका चेरुङ फिल्म प्रालीका अध्यक्ष जीवन प्रकाश शेर्माले बृतचित्र प्रस्तुत गर्दै कार्यक्रममा बताउनु भयको थियो। 

शृजनशील समाज युकेका संरक्षक एवम कार्यक्रमका प्रमुख अतिथी शेर बहादुर सुनारले संबोधनका क्रममा आफूलाई जातकै आधारमा हरेक क्षेत्रमा भेदभाव भएको तितो अनुभव सुनाउनु भयको थियो। सुनारले भन्नु भयो “ तिर्खा लाग्दा पनि आफूले पढेको स्कुलमा राखिएको पानीको घैटोबाट कसैले नदेख्ने गरि पानी पिउनु पर्थ्यो। कसैले देखि हाले भने दलितले पानी छोयो भनेर घैटो नै फुटाइन्थ्यो। केही समय पहिले मैले सोही मेरो गाउको स्कुललाई १० लाख संकलन गरेर तामाको गाग्रीमा राखेर प्रधानाध्यापकलाई हस्तान्तरण गरेको छु। त्यो बिध्यालयमा आफ्नो कारणले धेरै घैटो फुटेको कुरा संस्मरण गराउदै प्राध्यापकलाई दियर १० लाख स्कुललाई सहयोग हस्तान्तरण गरेको कुरा पनि बताउनु भयको थियो। अब यस्तो तितो अनुभव कसैले गर्न नपरोस भनि सबैलाइ भावुक बनाउनु भयको थियो। कार्यक्रममा संबोधन गर्दा भाबुक हुदै सनारले “हत्या गरिएका स्व.नवराज विक लगायत पिडित ६ जनालाई नै शहिद घोषणा गर्नु पर्ने,हत्या गरिएकै ठाउमा सबै मृतकहरुको स्मारक बनाएर राख्नु पर्ने,बर्षमा एकदिन मृत्यु भयको दिनलाई तोकेर श्रध्दान्जली सभा मनाउन पर्ने,राज्यले एकदिन बिदा दिनु पर्ने र हत्या गर्ने अपराधीहरुलाई अझ कडा सजाय हुनु पर्ने माग राख्नु भयको थियो।”

यस्तै अन्य बक्ताहरुले पनि एक्काइसौं शताब्दीमा आउँदा पनि हामीले यस्तो मानसिक यातना भोग्नु परेकोमा दुख ब्यक्त गर्दै यस्को उन्मुलन तर्फ एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए। अन्तर्राष्ट्रिय रंगभेद दिवस मनाउदै गर्दा आफ्नो मन्तव्य दिने क्रममा सल्लाहकार एकेन्द्र गुरुङले हामी सबै जो जहाँ छौ त्यहीँबाट यस्ता सामाजिक जातीय बिकृती, कुरिती, विसङगतिहरुको बारेमा एक भएर शसक्त अगाडि  पर्छ र यस्लाइ हटाउन देशको कुनाकुनामा शिक्षा पुर्याउन जरुरी भयको बताउनु भयो। सृजनशील नेपाली समाज युकेका सल्लाहाकार प्रेम बिश्वकर्माले संबोधन गर्दै जातिय हिंसा सरकार निरीह रहेको बताउनु भयको थियो।

त्यस्तै पुर्व डिएसपी वाचस्पती रेग्मीले त्यहाँ त्यस्तो घटना हुनसक्ने पुर्बानुमान गरीएकोमा स्थानिय प्रहरीले दुवै पक्षका ब्यक्तिलाइ राखेर प्रत्यक्ष कुरा बुझेर त्यस अनुसार सुरक्षा दिन र सम्झौता गरेर समाधान तर्फ लाग्नु पर्ने कुरा बताउनु भयको थियो। किरात राई यायोख्खाका अध्यक्ष योगेश राइले यो रङ्ग भेद मात्र नभै जातिय भेद,बर्गिय बिभेद,नश्लिय विभेद हो समेत भन्नु भयको थियो। टेक बहादुर थापाले जात र थर जे छ त्यहीनै लेख्नु पर्छ कुनै जात थर सानो ठुलो हुदैन तर समाजमा साना र ठुलो जात भनेर छुट्टाएकोले नै यस्तो शृजना भएको हो यस्लाइ उन्मुलन गरिनु पर्ने कुरा राख्नु भयको थियो सो अवसरमा फोनिजकी अध्यक्ष गोमा रानाले जातिय विभेदलाई अन्त्य गर्न आम जनतामा चेतना र सजकता हुनु पर्ने,ती ६ जना युबाहरु के कसरी मारिए मिडियाले सत्य तथ्य समाचार दिदै वहाँहरुले न्याय पाउनु पर्ने कुरा राख्नु भयको थियो।

कार्यक्रममा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कमान सिंह (कर्मा पहाडी) शेर्पाको अध्यक्षतामा भयको सो कार्यक्रममा प्रमुख अतिथि शृजनशील समाजका संरक्षक तथा सस्थापक अध्यक्ष शेर बहादुर सुनार,विशेष अतिथि विश्व मस्त धर्म महासंघको केन्द्रिय सचिब टेक बहादुर थापा,अतिथिमा आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको अध्यक्ष गोमा राना,किरात राई यायोख्खाका अध्यक्ष योगेश कोयु राई,एनआरए आइसिसि सदस्य शुशिला राई,पुर्व डिएसपी एवम शिव कल्चरका अध्यक्ष वाचस्पती रेग्मी,साहित्यकार गीतकार नेफिन सल्लाहकार एकेन्द्र गुरुङ,मगर संघ युकेका उपाध्यक्ष रुद्र थापा,KYC रश्मोर शाखाका पुर्ब अध्यक्ष जीत मेन्याङ्बो,पत्रकार नरेन्द्र नेम्बाङ,शृजनशील समाजका निवर्तमान अध्यक्ष भक्त दर्जी र महासचिव मीलन सुनार लगायतका विभिन्न ब्यक्तिहरुको बाक्लो उपस्तिथि रहेको थियो।

नेफिनका वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले स्वागत मन्तब्य राख्दै बिभेद्को अन्त्य  घरैदेखि हुन जरुरी छ भन्दै सबैलाई स्वागत गर्नु भयको थियो। कार्यक्रमको अन्त्यमा नेफिन अध्यक्षले जातिय रङ्गभेदको बारेमा कुरा राख्दै,सबैको पहल निर्देशनबाट लखन  थापालाइ प्रथम सहिद राज्यबाट घोषणा  भए जस्तै सबै एकजुट भएर यो नेपालको जातिय विभेद अन्त्य गर्नु पर्छ।

हाम्रो हरेक मुद्दालाई उजागर गर्न एक भै आगामी दिनमा पनि यो रङ्ग भेद दिवस  भब्यताका साथ मनाउन  नेफिन युके सधैं फेसिलेट गर्ने प्रतिबद्धता जनाउदै उपस्थित सबैलाई धन्यवाद दिदै एम्पायरहलमा कार्यक्रम समापन भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?