Monday May 29, 2023

बेलायतको अल्डरसटमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्‍यु

१४ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1725


बेलायतको अल्डरसटमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्‍यु

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटमा गतसाता भएको दुर्घटनामा गाडीको ठक्करबाट ७१ वर्षकी विष्णुमाया भट्टचनको मृत्‍यु भएको स्थानीय प्रहरीले जनाएको छ।  

मार्च २० तारिख सोमबारका दिन बेलुका झन्डै सवा पाँच बजे अल्डरसटको हस्पिटल हिलमा पैदलयात्रा गर्ने क्रममा विष्णुमायालाई नीलो रङको औडी ए-१ ले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अर्को दिन मृत्‍यु भएको ह्याम्पशायर प्रहरीले जनाएको छ।

मृतक विष्णुमाया परिवारसहित अल्डरसटमै बस्दै आएकी थिइन्।

‘मेरी प्यारी श्रीमतीको असामयिक निधनले हाम्रो पूरै परिवार स्तब्ध छ। उनको निधनले हाम्रो परिवारमा छाएको शोक र दु:ख कल्पनाभन्दा पनि बाहिरको छ’ उनका श्रीमानले भनेका छन्। 

विष्णुमायाको निधनले परिवारमा सिर्जना गरेको शून्यता बताउनै सकिने खालको नरहेको भन्दै उनले मृत आत्माको चीर शान्तिको कामना गरेका छन्।  

घटनाबारे कुनै सूचना वा जानकारी भए रिफरेन्स नम्बर  ‘४४२३०१११४४८’ उल्लेख गरी १०१ मा टेलिफोन गरेर वा अनलाइनमार्फत् प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

(श्रोत-नेपाली लिंक)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?