१९ चैत्र, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। ३ महिना देखि मिर्गौला पीडित पाल्पा सोमदी निवासी बिजय पोखरेलको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको समाचार प्राप्त भएको छ। उहाँको उपचारको लागि लाग्ने खर्च सम्बन्धित परिवारले गर्न सक्ने अवस्था आएकोले आ-आफ्नो ठाउबाट सक्दो आर्थिक सहयोग गरी बिजय पोखरेलको जीवन रक्षा गर्ने अभियानलाई सफल पार्न अपिल गरिएको छ।
सो उपचारका लागि बेलायतबाट आकाश भण्डारी र बासना पोखरेल भण्डारीले गर्नु भयको अपिल आह्वान अनुसार र श्रीजनशिल लेस्टर नेपाल युकेका अध्यक्ष नारायण फुयालको बिशेष सकृयातामा केही राहात स्वरुप उठेको रकम रु ३०९,४४०.०० (pound sterling £1934) विरामीलाई हस्तान्तरण गरिएको छ।
पाल्या छेत्र नम्बर २ का संघिय सांसद ठाकुर गैरेले उक्त सहयोग रकम हिजो परिबारला ई हस्तान्तरण गरेको कुरा फेसबुक बाल मार्फत जानकारी गरा उनु भयको छ। बिजय पोखरेलको शीघ्र स्वास्थ लाभको कामना गर्दै, युकेबाट सहयोग गर्नु हुने सबैलाई विशेष आभार प्रकट गरीएको छ।
विगत ३ महिना देखी आफ्नो दुबै मृगौला फेल भएका पाल्पा जिल्ला रैनादेबी छहरा -२ तानसिङ्गल निवासी बर्ष ३५ का बिजय पोखरेल काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत हुनुहुन्छ। हाल किडनी डायलसिस भइरहेको र अब छिटै किड्नी ट्रान्सप्लान्टको लागि तयारीको प्रकृया अगाडी बढीरहेको पनि जानकारी प्राप्त भयको छ।