Thursday March 20, 2025

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर

२९ असार, २०८० शीतलपाटीन्युज डटकम। 1764


राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको कार्यालय ललितपुरमा आज भएको कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र बहादुर प्रधान र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घका अध्यक्ष एमयोङ योङ जुकले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।

यस्तै, सोही कार्यक्रममा काठमाडौँस्थित एजिङ नेपाल र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच पनि आजै समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

सो समझदारी पत्रमा एजिङ नेपालका अध्यक्ष कृष्ण एम गौतम र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घका अध्यक्ष एमयोङ योङ जुकले हस्ताक्षर गर्नुभयो। 

समझदारी अनुसार राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ, एजिङ नेपाल र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घ (काप)बीच एक अर्काको देशका ज्येष्ठ नागरिकका  अनुभवको आदानप्रदान गरी ज्येष्ठ नागरिकहरूको हक अधिकार र सुरक्षित जीवनका लागि काम गरिने कार्यक्रमका लागि सहजीकरण गर्नुभएका रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। 

समझदारी पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्नुहुँदै राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष प्रधानले कोरियाको राम्रा अनुभवलाई सिको गरी ज्येष्ठ नागरिकको हक हितमा काम गर्न यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।  

यस्तै, कार्यक्रममा एजिङ नेपालका अध्यक्ष गौतमले ज्येष्ठ नागरिकको अनुभवबाट राज्यलाई नीति निर्माण गर्नमा सहयोग पुग्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनु अहिलेको आवश्यकता भएको र आफूहरूले त्यसअनुसार पैरवी गर्दै अगाडि बढ्ने बताउनुभयो। 

कार्यक्रममा कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घ (काप)का अध्यक्ष एमयोङ योङ जुकले नेपालको ज्येष्ठ नागरिकका क्षेत्रमा देखिएका उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै कोरिया र नेपालको एक अर्काको अनुभवका राम्रा पक्षलाई अनुसरण गर्दै ज्येष्ठ नागरिक हक अधिकार र सुरक्षा सम्बन्धी कार्यका लागि मिलेर अगाडि बढ्ने बताउनुभयो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?