Tuesday September 17, 2024

एनआरएन युके महासचिव पदका उमेदवार बालकृष्ण भुषालको प्रतिबध्दता 

३१ असार, २०८० शीतलपाटीन्युज डटकम। 1655


एनआरएन युके महासचिव पदका उमेदवार बालकृष्ण भुषालको प्रतिबध्दता 

शीतलपाटीन्पुज डटकम।

लण्डन। एनआरएन यूकेको २२ जुलाई २०२३मा हुने  निर्वाचनमा महासचिब पदमा आफ्नो उम्मेदवारी दिएको छु।  संघले निर्दिष्ट गरेका नीति र विधि विधानभित्र रहेर पदीय जिम्मेवारी इमान्दारी पूर्वक पालना गर्ने छु। बेलायतबासी नेपाली समुदायको मानप्रतिष्ठा र सम्मानलाई उच्च राख्ने काम गर्नेछु भन्दै महासचिव पदका उमेदवार बालकृष्ण भुषालले प्रतिबध्दता जनाउनु भयको कुरा शीतलपाटीन्युजलाई बताउनु भयको छ।।

महासचिब  पदमा मलाई मतदान गरिदिनु हुन र अन्य मतदाताहरूलाई पनि मेरो लागी भोट दिने काममा सहयोग गरिदिनुहुन् विनम्र अनुरोध गर्दछु भन्दै महासचिब पदको उम्मेदबार बालकृष्ण भुसालले आफु निर्बाचित भयमा गर्ने कामको एजेण्डा समेत पेश गर्नु भयको छ।

मेरा एजेन्डाहरू

१) बेलायतमा नेपाली समाजको एकता,

२) बृटिश गोर्खा सैनिकका समस्या समाधान,

३) वंशजको नेपाली नागरिकता निरन्तरता,

४) नेपालमा रहेको पैतृक संपतिको सुरक्षा,

५) नेपालमा आर्थिक लगानी मैत्री बताबरणको निर्माण,

६) बेलायतमा नेपाली बिध्दार्थौका समस्या समाधान,

७) दोश्रो पुस्तामा जिम्मेबारी हस्तान्तरण,

८) नेपाली संस्कृति,भाषा,पोशाक,धर्म,चाडपर्व, रितीरिवाज आदिको संरक्षण,

९) स्कटलैण्डमा नेपाली राजदुतावासको घुम्ती सेवाको स्थायी मुकाम।

१०) बेलायतमा नेपाली समाज बिच बिबिध अतिरिक्त कृयाकलापहरूको संचालन,

११) बिबिध प्राप्त सुझाब अनुसारका अन्य कामहरू गर्ने।

अनुभबः

नेपाल सरकारको अधिकृत स्तरबाट सेबा शुरू गरि जिल्ला प्रमुख हुदै क्षेत्र, प्रदेश र बिभागिय प्रमुख(सहसचिब स्तर) सम्म सफलता पुर्बक जिम्मेबारी पुरा गरेको।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?