Tuesday July 08, 2025

स्वदेशको सामाजिक तथा आर्थिक विकासमा अग्रसर भएर काम गर्नेछुः एनआरएनए एनसीसी अध्यक्षका उम्मेदवार प्राडा.अर्जुन बन्जाडे

२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2029


स्वदेशको सामाजिक तथा आर्थिक विकासमा अग्रसर भएर काम गर्नेछुः एनआरएनए एनसीसी अध्यक्षका उम्मेदवार प्राडा.अर्जुन बन्जाडे

सुरेश कोइराला,

टेक्सास । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उम्मेदवार प्राडा.अर्जुन बन्जाडेले नेपालको सामाजिक तथा आर्थिक विकासमा अग्रसर भएर आफूले काम गर्ने बताउनु भएको छ। सवल, सक्षम नेतृत्व गर्न सक्ने खुबी भएका बन्जाडेले अमेरिकी बासी नेपालीका साथै मातृभूमीको आर्थिक विकासका लागि सधै लागि पर्ने बताउनु भएको हो। 

मास कम्युनिकेशनमा विद्यावारिधि गर्नु भएका बन्जाडेको उम्मेदवारीले एनआरएनए एनसीसीमा छुट्ट माहोल तयार भएको छ भने उनको उम्मेदवारीले आम प्रवासी नेपालीमा उत्हास र विश्वास पलाएको बताइएको छ। उहाँले गर्नु भएको चुनावी प्रतिवद्धताअनुसार अमेरिकामा बस्ने नेपालीदेखि मातृभूमीको सेवामा समेत समर्पित हुने उल्लेख गरिएको छ। उहाँले स्वदेशको विकास र सामाजिक कल्याण नै एनआरएनएको गौरव भएको भन्दैै विदेशी भूमीमा बसेपनि मातृभूमीको सम्मान र सेवामा सधै लागिरहने बताउनु भएको छ।

 

‘विदेशी भूमीलाई आफ्नो कर्मथलो बनाएका हौं,’ उहाँले भन्नु भयो ‘ विदेशमा बसेपनि स्वदेशका विषयमा सधै चिन्तन र मनन गर्नुका साथै आपत विपदमा सधै साथ दिनेछौं। नेपाली अमेरिकन सिटिजनशीपलाई पर्यटन भिषामा नेपाल जाँदा सहज अर्थात भिषा लगाउन नपर्ने बनाउन पहल गर्ने बताउनु भएको छ। दोहोरो नागरिकताको विषयलाई म सधै प्राथमिकतामा राखेर काम गर्नेछु।’

स्वदेशमा होस् या विदेशमा सानादेखि ठूला सामाजिक कार्यमा सधै अग्रसर हुने उहाँले प्रण गर्नु भएको छ।  

‘नेपाली समुदायको चापलाई मध्येनजर गर्दै यसको व्यवस्थापन मिलाउन वाणिज्य दुताबाससँग छलफल गरी सहजीकरण गर्नेछु,’बन्जाडेले भन्नु भयो ‘अमेरिकामा जन्मिएका नयाँ पुस्तालाई एनआरएनसँग जोड्दै यो संस्थालाई साझा चौतारीको रुपमा विकास गर्नेछु। 

अमेरिकाभर रहेका विभिन्न च्याप्टरलाई बलियो बनाउँदै विभिन्न संघ संस्थासँग समन्वय गरेर संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गर्ने उहाँको अठोट छ। प्राडा .बन्जाडे  एनआरएनए एनसीसीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। 

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?