Saturday March 22, 2025

गैर आवसिय नेपाली संघ अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी उम्मेदवार

४ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2437


गैर आवसिय नेपाली संघ अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी उम्मेदवार

सुरेश कोईराला,

गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् ।

सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा नेपाली समुदायसँ चिर परिचित सुवेदीले आफ्नो ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्निया स्टेट युनिभर्सिटी लस एन्जलसमा गरेका थिए। उनी विगत १३ वर्षदेखि आईटी क्षेत्रमा काम गर्दै आएका छन् ।

अमेरिकामा विशेष गरी युवा वर्गलाई समेटेर हरेक वर्ष हुने नेपलिज अमेरिकन कन्भेन्सनको नेतृत्व सुवेदीले गर्दै आएका छन्। उनको एफ वान ग्रुपले विद्यार्थीहरुलाई छात्रवृति पनि दिँदै आएको थियो भने सुवेदी आफैँले २०७२ सालको भूकम्पमा नेपालमा करिब एक महिना राहत सामग्री बाढ्दै सहयोगका कामहरु गरेका थिए। 

सुवेदीले गोर्खाको तत्कालित तान्द्रंग गाविसमा भुकम्पले भत्किएको विद्यालय भवन पुनः निर्माण गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?