Saturday February 04, 2023

नेपथ्य रक बैण्डले लण्डनमा भब्य घन्कायो

१७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 1530



शीतलपाटीन्युज ठटकम।
लण्डन। लण्डनको O2 ब्रिक्सटनमा शनिबार बेलुका भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक नेपथ्यले मधहोस बनायकोछ। नेपाल राष्ट्र कै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण रक मञ्चमा प्रस्तुत गरेर आफ्नो कमायक छ। 

ब्याण्ड पहिलो पटक पाँच वर्षअघि विम्बले एरेनामा प्रस्तुत भएको थियो जुन नेपाली संगीतकै इतिहासमा एउटा कोशेढुँगा बन्न सफल भयो । त्यसपछि दोश्रो र तेश्रोपटक ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना भयो ।

कार्यक्रममा जब नेपथ्य भनेर गाउन सुरु गरीयो, उसैगरि हल भरिका दर्शकले पनि गाएरै साथ दिएका थिए । कार्यक्रमको सुरुवात नेपथ्यको सार्वजनिक हुनै लागेको दसौं अल्बमका रेकर्डबाट भएको थियो –

‘कुरुप अनुहार हो,

यहाँ कोही साथी छैन’

सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै सुनिने गरि एकोहोरोपनामा ढालेको छ ।

एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि सर्वकालीक हिट  गीतहरु पनि प्रस्तुत गरेको थियो । जुन बेलायतका श्रोताले लागी नया र  यसअघि सुन्न नपाएका गीत  थिए । त्यो नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ होस् , केही समय अगाडीको गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आगनै भरि’, दर्शकले नेपथ्यको साथमा साथ मिलाएर गाएका थिए ।

बेलायती गोर्खा भर्तीमा रहेका सैनिक तथा उनीहरुको परिवारका यसरी विदेशिनेहरुले आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर आउने गरेका छन् । यस्तो बेलामा नेपाली लोकलयमा आधारित लोकप्रिय रक गीत बोकेर आउने नेपथ्यले परदेशमा आफ्नोपनको आत्मीयता बाँड्दै आफ्नो लोकप्रीयतामा जरो गाड्दै आएको छ ।

 मुख्य गायक  अमृत गुरुङका अनुसार जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ । ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्ने गरेको छ ।’

दुई घन्टा लामो प्रस्तुतीका बखत अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको उल्लेख गरे । उनले आफूले देखेको नेपालका बारे अर्थाउदै बारंबार नेपाली–नेपाली बीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए ।

नेपथ्यले यतिबेला मनाउदै आएको २५ औ स्थापनाको रजत जयन्तीकै सिलसिलामा बेलायतको यो प्रस्तुती पनि जोडिएको हो ।

बेलायतको यो प्रस्तुतीसँगै ब्याण्ड अब नेपालमै आयोजना हुन लागेको कन्सर्टका निम्ति घर फर्किँदै छ । टोली यसै महिना स्वयम्भूमा प्रस्तुत हुँदैछ । ‘स्वयम्भू हाम्रो ड्रमसेटवादक ध्रुवको गृहमैदान हो,’ अमृत भन्छन्, ‘यो कन्सर्ट उनैका निम्ति हो ।’ स्वयम्भूको कन्सर्ट सेप्टेम्बर २९ तारिख (असोज १३ गते, शनिबार) आयोजना हुँदैछ ।

बेलायतमा सम्पन्न कन्सर्टमा पनि अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?