१८ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो।
पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए।सन २००७ मा लण्डन पसेका निश्चलको प्राईमरी र सेकेन्डरी स्कुल रेडिड्गमा भयो।A लेवल हेनेली कलेज रेडिड्गबाट पास गरेका उनले ग्राजुयसन कभेन्ट्री युनिभर्सीटीबाट पास गरेका थिए।
समाज गतिशिल छ। गतिशिल समाजमा आफ्ना छोराछोरीको शिक्षा र प्रगतिमा रमाउने आमाबाबाहरु धेरै छन्। यहा पनि यस्तै छोराको प्रगति र पढाइमा राम्रो रीजल्ट ल्याएकोमा पिता ललित गुरुड्ग र आमा कमला थापा गुरुड्ग रमाउनु भयको समाचार शीतलपाटीन्युजमा प्राप्त भयको छ।
नेपाल भुपरिबेष्ठीत देश दुर्गम पहाडी जिल्ला पर्वत भुक देउराली पिताका दिन बितेको भएपनि समय र बेटर अपरचुनिटी प्राप्त भयका कारण यो शिक्षा हासिल गर्न सफल भएको निश्चलले बताएका छन। उनले अरु थप्दै भाई नितन गुरुड्ग,पिता ललित गुरुड्ग र माता कमलाको देन मेरा लागि बरदान नै थियो भनेका छन।पिता तर्फका बाजे लामा देविरास गुरुङ बजै राज कुमारी गुरुङ र आमा पट्टीको बाजे स्वर्गीय सुर्ज बहादुर थापा र देबिसरा थापाबाट बाल्यकालमा पाएको मायाले आज यो शिक्षा पाएकोमा खुसी ब्यक्त गरेका छन।
रेडिड्ग बिजीनेस पार्कको एकाउन्टीड्ग अफिसमा अन द जब ट्रेनिड्ग र अध्ययन गरेका निश्चल चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेका छन। निश्चललाई चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेकोमा हार्दिक बधाई।