१८ श्रावण, २०८०
पुर्ण गुरुड्ग,
लण्डन। बौद्ध अर्घौं सदन, पोखराका पूर्व अध्यक्ष स्वर्गिय बीरबहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत बुधबार २ अगष्टका दिन बेलायतमा बसोबास गर्ने सदनका आमाहरुले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा १०८ वटा दीपप्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
पोखरा रामघाटस्थित बौद्ध अर्घौं सदनको विकास, बौद्ध शिक्षा पठनपाठनका साथसाथै बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निभाउदै आएका पूर्व अध्यक्ष गुरुङको २१ औं दिनको पुण्य तीथिमा बौद्ध पराम्परानुसार मलम पाठ, मर्मेपाठ, शूरपूजापाठका साथ दीपप्रज्ज्वलन गरिएको हो।
बीसीसी यूकेका लामा गुरु लुङ्गरिग रिन्पोछे, खेन्पो फुर्तेम्बा, खेन्पो छुल्त्रीम कर्मले पूर्व प्रधानाध्यपाक समेत रहेका शिक्षाविद् स्वर्गिय गुरुङको दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि गरिएको पूजापाठमा बीसीसी यूकेका आमाहरु तथा शुभचिन्तकहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।