Thursday January 16, 2025

अन्तराष्ट्रिय नेपाली साहित्य समाज यूकेको सुप्रमा - ईप्रमा २०२३ पुरुष्कार निर्देशक सनम कुमार बैरागको पोल्टामा

२१ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1782


अन्तराष्ट्रिय नेपाली साहित्य समाज यूकेको सुप्रमा - ईप्रमा २०२३ पुरुष्कार निर्देशक सनम कुमार बैरागको पोल्टामा

शीतलपाटीन्युज डटकम।

लन्डन। अन्तराष्ट्रिय नेपाली साहित्य समाज यूकेले ५ अगष्ट शनिबारका दिन आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरको ९२औं जन्मजयन्ती भव्यताको साथ मनाएको छ।

संस्थाका अध्यक्ष राज श्रेष्ठको सभापतित्वमा भयको सो आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरको ९२औं जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा नेपाल प्रहरीका पूर्ब एसएसपी गुप्त बहादुर श्रेष्ठ रहनु भयको थियो। अनेसासकी कोषाध्यक्ष प्रतिमा केसीद्वारा संचालित सो कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो।

विषेश अतिथि वासु शर्माले भानुभक्त आचार्यको, ध्रुव केसी तथा डा संगीता स्वेच्छाले ईश्वर मानन्धरका जीवनी तथा साहित्यिक पाटो केलाउंदै श्रध्दासुमन अर्पण गर्नु भयको सो कार्यक्रममा अनेसासका सल्लाहकार तथा कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले कार्यक्रमको औचित्य र रुपरेखा सुनाउदै सुप्रमा-ईप्रमा पुरस्कारबारे प्रकाश पार्नु भयको थियो। 

अनेसासले अविछिन्न रुपमा हरेक वर्ष एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष भने स्व मानन्धरकै कथामा आधारित चलचित्र ‘कैदीको पत्र’का निर्देशक सनम कुमार वैरागले गरेको उत्कृष्ट निर्देशनका लागि पुरस्कृत गरिएको बताउनु भयको थियो। 

सो अनेसासको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ तथा संस्थापक बिनोद मानन्धरले निर्देशक वैरागलाई सुप्रमा-ईप्रमा २०२३ नगद पुरुष्कार £२५१ (नगद दुई सय एकाउन्न पाउण्ड) र प्रमाणपत्रले सम्मान गर्नु भयको थियो।

संस्थापकका तर्फबाट बिनोद मानन्धरले आफ्ना हजुरबुबा र बुबाका नाममा स्थापित सो पुरस्कार अनेसासले अविछिन्न रुपमा संयोजन गरिदिएकोमा तथा आफ्नो बुबाले लेखेको कथामा चलचित्र निर्देशक वैरागले उत्कृष्ट निर्देशन गरि पुरस्कृत भएकोमा आभार ब्यक्त गर्दै बधाई दिएका थिए। 

उपाध्यक्ष माया गुरुङको बालगीत संग्रह ‘बाको जुत्ता’ प्रमुख तथा विशेष अतिथिहरुद्वारा लोकार्पण गरी एको कार्यक्रममा डा संगीता स्वेच्छा,वासु शर्मा,एकेन्द्र गुरुङ,दुर्गा प्रसाद पोख्रेल,ओमकार अधिकारी,डा रुपक श्रेष्ठ,गंगा भन्डारी,प्रतिमा केसी,माया गुरुङ,राज श्रेष्ठ, रबिन्द्र जोशी,लय प्रसाईं,ध्रुब के सी,निर्मला न्यौपाने,अर्चना गुरुङ,भोज बराल,रेखा खरेल, जीत बुढाथोकी,समृध्दि पोख्रेल,संस्कृति पोख्रेल, साहित्यकार गुप्त बहादुर श्रेष्ठ तथा कुमार केसीले आ-आफ्ना रचना वाचन गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?