Friday February 07, 2025

नेपाली बक्सीड्ग खेलाडीहरुलाई यती नेपाली एसोसीयसन युकेको अध्यक्ष पिपला देवानद्वारा लण्डनमा सम्मान

२१ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2402


नेपाली बक्सीड्ग खेलाडीहरुलाई यती नेपाली एसोसीयसन युकेको अध्यक्ष पिपला देवानद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम।

लण्डन।यती नेपाली एशोसियसन यूकेका अध्यक्ष पिपला पाण्डे देवान र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ युके च्याप्टरका संयोजक सीध्दार्थ क्षत्रीले हालै नेपालबाट बेलायत आउनु भएका राष्ट्रिय तहका बक्सिङ्ग खेलाडीहरुलाई सम्मान गर्यो। 

सम्मानित हुने बक्सीड्गका खेलाडीहरुमा म्याक्स बस्नेत स्वर्ण पदक बिजेता,पुरण राइ स्वर्ण पदक बिजेता र आकाश डाँगी जुनिएर नेसनल च्याम्पेयन रहनु भयको थियो।नेपालका बक्सीड्ग खेलाडीहरु स्कटलैण्डमा भैरहेको अन्तराष्ट्रिय बक्सीड्ग खेलमा भाग लिन आएका बखत यो सम्मान गरिएको हो।

खेल क्षेत्रलाई प्रबर्धन गर्ने बेलायतको पुरानो संस्थाको अध्यक्ष पिपला पाण्डे देवानले खेलाडीहरुलाई सम्मान गर्दै नेपाल राष्ट्रकै  प्रतिभाहरुलाइ सम्मान गर्ने अबसर दिनु भएकोमा सम्पूर्ण कार्यसमिति प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नु भयको थियो।खेल र खेलाडीलाई सम्मान गर्न र खेल प्रबर्धन गर्न आफु सधै लागि रहने प्रतिबध्दता अध्यक्ष देवानले ब्यक्त गर्नु भयको थियो। सो सम्मान कार्यक्रमका अवसरमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ युके च्याप्टरका संयोजक सिध्दार्थ क्षेत्रीले समेत बक्सीड्गका खेलाडीहरुलाई सम्मान गर्नु भयको थियो। 

५ अगस्ट  २०२३ मा Newa Chhe Maya Pub, 3 Shaftesbury Cir, South Harrow, Harrow HA2 0AJ हेरो लण्डनमा भयको सो सम्मान कार्यक्रममा यती नेपाली एशोसियसन यूकेका पुर्व अध्यक्ष उमेशराज मोक्तानले पनि सम्मान गर्नु भयको थियो।

यती नेपाली एशोसियसन यूकेका महासचिब टंक भट्रराईले संचालन गरेको कार्यक्रममा गायक योगेश्वर अमात्य,किक बक्सीड्गका सुरज कार्की, समाजसेवी भगवानजी चौहान लगायतको उपस्थिती रही कार्यक्रम भब्य भयको थियो।

           

स्कटलैण्डमा भएको खेलमी दुई खेलाडिहरुले प्रतियोगितामा पहिलो जित हासिल गर्दै नेपालको नाम राख्न सफल हुनु भयो भने अर्को एक खेलाडिको हकमा वहाँको प्रतिस्पर्दी खेलाडी घाइते भएको कारण उहाँको खेल पछि गर्ने गरी सरेको थियो। खेलाडीहरु भोली नेपाल फर्कदै हुनुहुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?