Friday February 07, 2025

चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न

२३ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1751


चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा,ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न भयको समाचार छ । 

समाजका अध्यक्ष बेनकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष दुर्गा गुरुङले स्वागत मन्तब्य राख्नु भयको थियो।कार्यक्रममको संचालन महासचिव अमर गुरुङले गर्नु भयको थियो।  अल्डरसटको एल्डरवुड लेजर सेन्टरमा भएको कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रमहरु, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।जसमा ८० वर्ष उमेर पुगेका धनबहादुर गुरुङ (लामे) र रामसिङ घले (खाल्टे) लाई धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङले समाजको तर्फबाट लठ्ठी प्रदान गरी खादा ओढाई सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिएका थिए ।

धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङ र किसनसिंङ घलेलाई समाजका अध्यक्ष बेनकुमार गुरुङले सम्मान गरेका थिए। तमु धीं युकेले आदर्श तमुले सम्मानित ब्रिटिस भूपू मेजर कृष्णबहादुर गुरुङ र उनकी पत्ती अमला गुरुङलाई क्रगि लगाइ दिएर र क्रमु ओडाएर सम्मान गरेका थिए। 

त्यस्तैगरी तमु धीं युकेले आदर्श तमुले सम्मानित पन्च गुरुङ र उनका श्रीमान ब्रिटिस भूपू लेप्टेन कुसाङ गुरुङ,एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ र उनकी पत्नी सीता गुरुङ,अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित ब्रिटिस भूपू ह. लेप्टन चन्द्रबहादुर गुरुङ र उनकी पत्नी बिमला गुरुङ, दिलराज गुरुङ, गोर्खा मिडीयाका प्रबन्ध निर्देशक मीलन तमु गुरुड्ग समेतलाई समाजका अध्यक्ष गुरुड्गले क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरेका थिए। 

समाजको नयाँ सदस्यलाई उपाध्यक्ष दुर्गा गुरुङ र आमा समूहका अध्यक्ष पन्च गुरुङले खादा र व्याच लगाएर स्वागत गरेका थिए । नवविवाहित जोडीहरुलाइ क्रगि लगाइदिएर र क्रमु ओडाएर आशीर्वाद र उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो । गोर्खा कपमा फुड स्टलमा सहयोग गर्ने सबै स्वयंसेवकहरुलाई खादा लगाईं धन्यवाद दिइएको सो कार्यक्रममा फुड स्टलमा मुख्य भूमिका निर्वाह गर्ने हेड सेफ प्रकास गुरुङ र उनकी पत्नी जयन्ती गुरुङलाई पनि सम्मान गरिएको थियो। 


सम्मानीत हुनेहरुमा संघसंस्थाहरुमा अध्यक्ष पदमा निर्वाचित बेसिंस्टक नेपाली समाजको अध्यक्ष दुर्गा गुरुङ, पर्वत वेलफेयर सोसाइटी अध्यक्ष अप्सरा गुरुङ,श्रीमती योगिता गुरुङको श्रीमान् अनिल गुरुङ र गोर्खा दरबार रेष्टुरेन्टको मालिक धनबहादुर गुरुङ क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरियको थियो। 

समाजका सल्ल्लाहाकारज्युहरु, ट्रस्ट्रीहरु,पुर्ब अध्यक्षहरु र समाजका सदस्सहरुको ठुलो उपस्थिती रहेको गृष्मकालिन भेटघाट कार्यक्रममा नेपाली कलाकार शिव हमाल र मनमाया वाइबाको प्रस्तुतिले सबैलाई मनोरन्जन दिलाएको थियो।

फोटो-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?