२४ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट सम्पन्न भएको छ । अल्डरसटस्थित डि लउन्ज रेस्टुरेन्टमा आइतबार ६ अगस्ट २०२३ बिहान ९ बजेर ३० मिनेटबाट सुरु भई करिब ५ बजेसम्म कार्यक्रम संचालन भएको थियो। उक्त कार्यक्रमको मूख्य उद्देश्य मानिसले स्वस्थ्यकर जीवन जिउन, धनआर्जन गर्न, व्यापार व्यवसाय संचालन गर्न र खुसी हुने सम्बन्धमा बिज्ञहरुको अनुभव प्रस्तुती थियो।
नेपालको ख्याति प्राप्त बाँसुरी बाधक धन गुरुङ र डियमटी ब्यान्डको संयोजक दिनेश गुरुङले सुमधुर क्लासिक धुनबाट सुरु गरिएको सो कार्यक्रम डा विशाल गुरुङले संचालन गर्नु भएको थियो।
कार्यर्रमका मुख्य संयोजक मान गुरुङले अन्लिस योर इन्नर सेल्फ इभेन्टको उद्देश्य, दृष्टिकोणको बारेमा प्रस्ट्याइ व्यक्तित्व विकास गर्न भित्रैबाट शक्ति कसरी निकाल्ने बारेमा सिकाउनुका साथै आवस्यक जानकारी गराउनु भयको थिये। अभियन्ता दिनेश रोकाले मानिसले शारीरिक तथा मानसिक तन्दुरुस्त राख्ने बारेमा, श्याम श्रेष्ठले एकाउन्टिङ र फाइनान्सबारे, योग अभियन्ता मेघ गुरुङले योगिक साइन्सबारे, एकाउन्टेन्ट एल एन पाण्डेले लगानी र उद्यमशीलताको बारे, दिग्विजय घलेले पौष्टिक तत्वको बारे,सुमन पुनले व्यापार व्यवसाय गर्दा ध्यान दिनु पर्ने बारे प्रस्ट्याएको सो कार्यक्रम डिलन्ज बार अल्डरसटमा सम्पन्न भयको थियो।
डा विशाल गुरुङले कार्यक्रम संचालन गरेको थियो भने दिनेश गुरुङले डिजे र सिजनले भिडियोग्राफी तथा दोहोरी कलाकार सागर गुरुङ र हल व्यवस्थापनमा डि लाउन्जले विशेष सहयोग गरेका थिए। गोल्ड प्रायोजन गोर्खा सर्भिसेस लिमिटेड र सिल्भर प्रायोजन पेपर वोर्क सोलुसनले गरेको थियो। गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग र शीतलपाटीन्युज डटकमका सम्पादक उपस्थित रहेको सो कार्यक्रममा अन्त्यमा उपस्थित सबैलाई सकारात्मक परिवर्तन हुने अभ्यास गराई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई संयोजक मान गुरुङले धन्यवाद दिएका थिए।