Thursday January 16, 2025

एनआरएनए आइसिसि महासचिवमा सुवेदीले दिए उम्मेदवारी,यस्ता छन् प्रतिबद्धता

२७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1726


एनआरएनए आइसिसि महासचिवमा सुवेदीले दिए उम्मेदवारी,यस्ता छन् प्रतिबद्धता

सुरेश कोईराला,

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३-२५) कार्यकालका लागि 

महासचिव पदमा बुद्धि सागर सुवेदीले उम्मेदवारी दिएका छन् । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले  गैर आवासीय नेपाली संघ आइसिसिकाे महासचिव पदमा उम्मेदवारी दिएका हुन् । 

उनले अमेरिकाकाे ....... एक कार्यक्रमकाे आयाेजना गर्दै आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । 

उनले आफू निर्वाचित भएमा विदेशमा बस्ने नेपालीहरूकाे हक हितका लागि नेपाल सरकार र सम्पूर्ण विदेशी कुटनीतिक नियोगहरूसँग समन्यव गरी सहज वातावरण बनाउन लागिपर्ने बताएका छन् । 

लामाे समयदेखि अमेरिकालाई कर्मथलाे बनाएका सुवेदी विदेशी मुलमा रहेका विभिन्न संघ संस्थामा आवद्ध भई आफ्नाे जिम्मेवारी राम्राेसँग निर्वाह गर्दै आएका सक्षम र अबल व्यक्ति हुन् । 

संस्थागत विकास, एनआरएनएमा सबैको अपनत्व बोध गराउने उद्देश्यसहित अघि बढेका सुवेदीले संस्थालाई आमुल परिवर्तन गर्नको लागि पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने प्रतिबद्धता जनाएका छन् । 

वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरू र सरकारसँग संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा, दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने उनकाे लक्ष्य छ ।  

त्यतिमात्र हैन सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन, नेपाली कला संस्कृति, संस्कार र परम्परालाई नेपाली डायस्पोरामा पुर्‍याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरूकाे पारदर्शी रूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्न, अनावश्यक आर्थिक चलखेल र अनियमितता राेक्न र सबैमाझ सार्वजनिक गर्ने उनले बताएका छन् ।  

उनले गैर आवासीय नेपाली सङघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषद्हरूकाे स्वाधीनतामा र स्वतन्त्रतामा हस्तक्षेप नगरि समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेकाे बताउँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने संस्था बनाउने बताए । 

विदेशमा बस्ने नेपालीहरूकाे पक्षमा गर्नुपर्ने धेरै कामहरु अझै अपुरै रहेको बताउँदै सचिवकाे जिम्मेवारी पाएमा साे काम आफ्नै कार्यकालमा सफलतापूर्वक गर्ने उनले बताए । 

'विदेशी कर्मथलोमा सहजतादेखि नेपाल फर्किदा भोग्नुपर्ने कठिनाइहरूकाे समाधान एनआरएनएको महासचिवको जिम्मेवारी पाएमा गर्छु,’ उनले भने, ‘विदेशबाट एउटा टेलिभिजन लिएर जाँदा एयरपोर्ट भन्सारमा इन्ची टेप लिएर सरकार बसेको हुन्छ । यो यसपटको बजेटबाट हट्यो । तर, अन्य थुप्रै यस्ता समस्या छन् । केही बर्ष विदेशका काम गरेर फर्किनेले दुईबटा  मोवाइल फोन सेट लिएर जाँदा पनि डराउनु पर्ने अवस्था छ । आफ्नै नेपालमा बनाएका गरगहना विदेशमा लिएर जाँदा र फर्किंदा सहज छैन ।’ - सुवेदीले भने, 'यी लगायतका समस्याकाे समाधान एनआरएनको महासचिवमा निर्वाचित भएर आफ्नो कार्यकालमा गर्ने छु ।'  

एनआरएनए आईसीसीदेखि राष्ट्रिय समन्वय परिषद्सम्म विवादहरू रहेकाे बताउँदै उनले भने- 'विश्वासकाे कमी र लगनशील भएर काम गर्ने नेतृत्व नहुँदा यस्ता समस्याहरू आएका हुन् । मलाई सचिव पदमा निर्वाचित गर्नुहाेस् म  समस्या समाधानमा लागिपर्ने छु । तर, तपाईहरूले मलाई विश्वास गर्नुपर्छ।' 

एनसीसी र आईसीसीमा काम गरेको अनुभवले 

पनि आफुले काम गर्न सक्ने दाबी उनकाे छ ।   

'अहिले सर्वोच्च अदालतले अर्को एनआरएनए संस्था स्थापना गर्न सक्ने भन्ने फैसला गरेको छ । संस्थामात्र खोलेर केही हुने होइन हामीले यही एनआरएनएलाई नै मजबुत बनाउनु पर्छ’–उनले भने । 

आउने अक्टोवर महिनामा एनआरएनएको निर्वाचन हुँदैछ ।

काे हुन् सुवेदी ?

स्याङ्जा जिल्लामा जन्मिएका सुवेदीकाे बाल्यकाल चितवनमा बित्याे भने कर्मथलाे अमेरिकालाई बनाए । 

अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी एक सफल व्यवसायी र समाजसेवीका रूपमा परिचीत छन् । विगत दुई दशकदेखि उनले अमेरिकालाई कर्मभूमि बनाउँदै आएका छन् । सन् २००३ मा अमेरिका गएका सुवेदी अमेरिका जानु अघि नेपालका विभिन्न कलेजमा अध्यापन पेशामा आवद्ध थिए । 

विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर रहेका सुवेदीले अमेरिकामा पनि याे कार्यलाई निरन्तरता दिएका छन् । 

सामाजसेवामा पनि सक्रिय रहदै व्यवसायी रूपमा अघि बढेका उनले  ‍अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन । सुवेदीले अमेरिकामा हायात,होलिडे ईन,ह्यम्पटन, विज्डमलगाएतका होटल र सुपरमार्केट संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । 

एनआरएन विसकान्सिकन च्यापटरका संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै सन् २०२१ देखि २०२३ सम्म एनआरएन एनसीसी अध्यक्षको जिम्मेवारी समेत सफलतापुर्वक सम्हालेका व्यक्ति हुन् सुवेदी।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?