Saturday February 08, 2025

यती नेपाली एसोसीयसन युकेले तीज कार्यक्रम आयेजना गर्दै

२ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1965


यती नेपाली एसोसीयसन युकेले तीज कार्यक्रम आयेजना गर्दै

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतको सबै भन्दा पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० को तीज पर्व मनाउने भयको हो।

एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले आफ्नो फेसबुक मार्फत सबैलाई आफ्नो मेडम र बच्चाहरुलाई लिएर नेपालमा जस्तै तीजको रमाईलो गर्न निमन्त्रणा गर्नु भएको छ। अध्यक्ष देवानले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीसंग आफ्नो चाडपर्ब प्रतिको धारणा राख्दै बिदेशमा रहे पनि चाडपर्व र संस्कृति जगेर्ना गर्ने कार्य आफ्नो जिम्मेबारी पनि हो भन्ने बताउनु भयको छ। अध्यक्ष देवानले Harrow Borough Football Club, Earlsmead,Carlyon Ave, Harrow HA2 8SS मा हुने सो कार्यक्रमको ब्यापक प्रचार प्रसार गरीदिन शीतलपाटीन्युजलाई अनुरोध गर्नु भयको छ। सो तीजको मनोरन्जन ०३ सेप्टेम्बर २०२३ मा हुनेछ।

सपन इन्टरटेन्मेन्ट इन्टरनेसनलका प्रोपाईटर सपन राईको तीज कार्यक्रमको म्युजीक डिजे रहने कार्यक्रममा प्रबेस शुल्क १५ पाउण्ड रहेको सो कार्यक्रममा ५ बर्षमुनी र ६५ बर्ष माथीका आमाबाबाहरुलाई खाना फ्रि रहने जनाइएको छ। १५:३० मा शुरु भै १२ बजे बेलुका सम्म बिदेसमा रहेर पनि परम्परा अनुसारको चाडपर्व मनाउन सबैलाई शीतलपाटीन्युजले पनि अनुरोध गर्दै कार्यक्रम स्थलमा पार्किड्ग फ्रि भयको जानकारी गराउदछ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?