Tuesday December 10, 2024

रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी नयाँ नेतृत्व चयनको तयारीमा,२४ सेप्टेम्बरमा अधिबेशन

७ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1977


रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी नयाँ नेतृत्व चयनको तयारीमा,२४ सेप्टेम्बरमा अधिबेशन

शीतलपाटीन्युज डटकम।

लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी नयाँ नेतृत्व चयनको तयारीमा जुटेको समाचार छ।

शनिबार प्लमस्टिडमा सम्पन्न कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले आगामी सेप्टेम्बर २४ तारिख आइतबार अधिवेशन गर्ने निर्णय गरेको हो। सोही अधिवेशनले आगामी दुई वर्ष हांक्ने नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। संस्थामा यसअघि तीन वर्षे कार्यकाल रहने गरेकोमा त्यसलाई २ वर्षमा संशोधन गरी वर्तमान अध्यछ जीत रानाभाटको कार्यसमिति निर्वाचित भएको दुई वर्षमै नयाँ अधिवेशन गर्न लागिएको हो। वर्तमान अध्यक्ष जीत रानाभाट स्थानीय रोयल ग्रीनवीच बरोमा काउन्सिलर एवम उपमेयर निर्वाचित भएपछि उपाध्यक्ष पुण्य रेग्मीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको थियो।

बैठकले नयाँ अधिवेशनमार्फत चयनका लागि सल्लाहकार एलएन पाण्डेको संयोजकत्वमा कुमार श्रेष्ठ र सहदेव गिरी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ। त्यस्तै,सल्लाहकार अर्कराज तिम्सिना संयोजक तथा माधवलाल श्रेष्ठ र शर्मिला हिराचन थकाली सदस्य रहेको विधान समिति गठन गरिएको छ।

बैठकले नयाँ सदस्यता तथा नवीकरणको आवेदन दिने म्याद सेप्टेम्बर १५ साँझ ५ बजेसम्म राख्ने र कार्यसमितिले स्वीकृत सदस्यहरुको अन्तिम नामावली सेप्टेम्बर १७ सम्ममा निर्वाचन समितिलाई बुझाउन म्याद तोक्ने निर्णय पनि गरेको छ। संस्थाले आउंदै गरेको नेपालीहरुको महानचाड दशैंतिहारको अवसरमा एक शुभकामना कार्यक्रम गर्ने र सो कार्यक्रम संयोजनको जिम्मा सल्लाहकार ह्यारी गुरुङलाई दिने निर्णय पनि गरेको छ।

उपाध्यक्ष पुण्य रेग्मीले संचालन गरेको सो बैठकको अध्यछता संस्थाका अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न झयको थियो भने सल्लाहकारहरु मोहन गुरुङ,एलएन पाण्डे,संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठसहित सल्लाहकार एवम् कार्यसमिति पदाधिकारीहरुको सहभागिता रहेको कुरा महासचिव मंजु  भण्डारीले बताउनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?