Wednesday July 16, 2025

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा गोपाल प्रसाद अर्यालको अध्यक्षता नया समिती गठन

११ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 2479


लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा गोपाल प्रसाद अर्यालको अध्यक्षता नया समिती गठन

शीतलपाटीन्युज डटकम।

लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन सम्पन्न भएको छ । यही अगस्ट २७ आइतबार सम्पन्न अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ।

उपाध्यक्षमा भोजराज कँडेल, सचिवमा हीराप्रसाद ओझा, कोषाध्यक्षमा तारा भट्टराई र सहायक सचिवमा राकृष्ण अर्याल रहेको सो कार्यसमितीको सदस्यहरुमा गोकुल न्यौपाने,लक्ष्मण न्यौपाने,गुणाखर गौतम,आनन्द धरेल,हरि गोविन्द गुरुङ,पुण्य पिडी रेग्मी,अम्बिका भण्डारी र सुदेशा सिग्देल बजगाईं रहनु भयको छन।

पूर्व अध्यक्ष नरेन्द्र कंडेलको संयोजकत्वमा ट्रस्टीद्वय मोतीराज भण्डारी र अर्जुन गौतम सदस्य रहेको निर्वाचन समितिले उक्त मन्दिर समितिको घोषणा गरेको हो।

अधिवेशन सम्पन्न गर्त ट्रस्टी कर्ण शाहीको संयोजकत्वमा ट्रस्टीद्वय फडिन्द्र भट्टराई र सुरज केसी सदस्य रहेको विधान संशोधन समिति,ट्रस्टी रोमनाथ पाण्डेको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समिति निर्माण गरिएको थियो।

अधिवेशनमा ट्रस्टी,आजीवन सदस्य एवम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?