१२ भाद्र, २०८०
सुरेश कोईराला,
अमेरीकी। गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा आफ्नो शपथग्रहण,बरबुझारथ तथा धन्यवाद कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ। केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा NRNA ICC DRC Americas Regains पुरुशोत्तम बोहरा,NRNA NCC निवर्तमान केन्द्रीय उपाध्यक्ष डिलु पराजुली बिशेस अतिथि को रुपमा साथै निवर्तमान च्याप्टर अध्यक्ष केशवराज लोहनि,स्थानिय सस्था ANKA का नव-निर्वाचित अध्यक्ष शन्त कुवर,NASK का अध्यक्ष वद्री दाहाल,सुदुरपश्चिम समाजका उद्दव उप्रेति, ANTA का अध्यक्ष कुशेश्वर मन्डल र NRNA अभियान्ता साम्वा लामिछाने लयायतले अतिथिको रुपमा शुभकामना मन्तब्य दिनुभएको थियो।
कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले सस्थाको स्थापना काल देखिका प्रगति,सस्थाको महत्व,अवसर र चुनौती वारे प्रस्ट पार्नुभएको थियो भने सस्थाका उपाध्यक्ष शरदवाबु ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो।
करिव 650 भन्दा माथि सङ्ख्यामा उपस्थित कार्यक्रमको सन्चालन सस्थाका सचिव राम आचार्यले गरेका थिए। कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष सुन्दरमणी पौडेल ले नवनिर्वाचित सम्पुर्ण कार्यसमितिलाई सपथ खुवाउनुभएको थियो साथै निवर्तमान कार्यसमिति लाई बिदाई गर्नुभयो। कार्यक्रम बिसर्जन गर्दै भावि दिनहरुमा सम्पुर्ण स्थानिय सस्थाहरुसग मिलेर काम गर्ने प्रतिवद्दता समेत गर्नुभयो। अन्त्यमा कार्यक्रम सन्चालक तथा सस्थाका सचिव राम आचार्यले कार्यक्रममा सहभागिता जनाएर कार्यक्रमलाई गरिमामय बनाइदिनुहुने सम्पुर्ण आदरणीय महानुभाव हरुलाई धन्यवाद दिनुभएको थियो।