१७ भाद्र, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन।पोखरामा आधार बनाएर पर्यटन,खेलकुद र राष्ट्रिय सरोकारका बिषय समेटेर फोटो पत्रकारितामा अग्रपंतिमा रहेको फोटोपत्रकार शुदर्सनलाई रंजित बेलायतमा साहारा युकेले सम्मान गरेको छ। साहारा युकेले ०२ सेप्टेम्बर २०२३ मा एउटा कार्यक्रमको आयोजना गरी रेडिड्गस्थित कमल रेष्टुरेन्टमा अध्यक्ष रि ले कुसाड्ग गुरुड्गले साहारा युकेको ममेन्टो दिएर र साहारा युकेका बरिष्ठ सल्लाहाकार महेस गुरुड्गले साहारा लोगो भयको स्कार्फ लगाईदिएर सम्मान गरीएको हो।
साहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुड्गले साहाराको शिक्षा,खेलकुद र पुनर्स्थापना कार्यमा साहारा पोखरा र साहारा युकेलाई रंजितले पुर्याएको महत्वपुर्ण सहयोगको चर्चा गर्नु भयको सो कार्यक्रममा सम्मानित रंजितले सम्मानको प्रशंसा गर्नु भयको थियो।
साथै हिजो ०२ सेप्टेम्बर २०२३ मा पालमर पार्क रेडिड्गमा अध्यक्ष रि ले कुसान्ड्ग गुरुड्गको अध्यक्षतामा साहारा युकेको कार्यसमिती बैठक बस्यो।सचिब बाचस्पति रेग्मीले संचालन गरेको सो बैठकमा उपाध्यक्ष कृष्ण गुरुड्गले उपस्थित सम्पुर्ण पाहुनाहरुलाई स्वागत गर्नु भयको थियो।अध्यक्ष गुरुड्गद्वारा उदघाटन भाषण गरिएको सो कार्यक्रममा साहाराद्वारा गरिने बार्षिक कार्यक्रम च्यारीटी नाईटको बारेमा चर्चा भयको थियो। संस्थाका उपाध्यक्ष एवम च्यारीटी कार्यक्रमको संयोजक कृष्ण गुरुड्गले च्यारीटी बारे बिस्तृत रुपरेखा प्रस्तुत गर्नु भयको थियो।
साथै साहारा एफसी चेयरमेन शारदा गुरुड्गले साहारा फुटबलको युकेको प्रगति र अव हुने खेलका बारे प्रष्ट पार्नु भयको थियो।अध्यक्ष गुरुड्गले च्यारीटी कार्यक्रम, अक्षयकोष र नेपालको साहारा पोखराको २५ बर्षे समारोहको बारेमा स्पष्ट पार्दै कार्यक्रम समापन भयको थियो।कार्यक्रममा साहारा युकेका फाउण्डर प्रेसीडैन्ट नविन गुरुड्ग, एनआरएन युकेका नवनिर्वाचित अध्यक्ष एवम साहाराका सल्लाहाकार हितकाजी गुरुड्ग,पुर्व अध्यक्ष मीन गुरुड्ग, निबर्तमान अध्यक्ष कुमार गुरुड्ग,फेटोपत्रकार शुदर्सन रंजित,
सल्लाहाकारज्युहरु,कार्यसमिती पदाधिकारीज्युहरु,फस्टलेडी पंच गुरुड्ग र मंजु गुरुड्ग राई समेतको उपस्थिती थियो।