१८ भाद्र, २०८०
GNNNews-
लण्डन। बेलायतको प्रसिद्ध दौड़ कार्यक्रमहरु मध्यको एक उत्कृष्ट “बिग हाफ़ म्यारथन” मा २०० बढ़ी नेपाली मूलका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका छन्। अघिल्लो बर्षमा भन्दा उल्लेख्य रुपमा सहभागिता बढे संगै स्वास्थ्य र तन्दुरुस्ती प्रबर्धन गर्न दौडका विभिन्न प्रयासहरु हुन थालेका छन्।
आईतवार लण्डनको मध्य भागमा संपन्न बिग हाफ़मा नेपाल रन यूकेका करीब १० जना धावक हरुले नेपाली पोशाक लगाएर किर्तिमान राखेका छन। गुन्युचोलो लगाएर अंजु सिग्देल,मूना गौतम,मनिसा लिम्बू लगायतले दौड़िएका थिए भने आत्माराम दाहाल , रबींद्र अधिकारी,राजेंद्र ओझा, शचुरामणि रेग्मी लगायतले दौरा सुरुवाल लगाएर दौड़ संपन्न गरेका थिए श। हालसम्म लण्डनका म्यारथनमा नेपाली पोशाकमा दौड़िएको यो पहिलो रेकर्ड रहेको बताईएको छ। नेपाली संस्कृति र परंपरालाई प्रबर्धन गर्ने प्रयासले यो गरीएको नेपाल रनका इभेंट कोर्डीनेटर तथा एनबीसी यूकेका सचिव रबीन्द्र अधिकारीले बताए श। दौड प्रतियोगितामा बिभिन्न पोसाक र प्रक्रियाले दौड़िएर कीर्तिमान राख़्ने चलन रहेको छ।
कार्यक्रममा सहजिकरण गर्न संस्थाका पदाधिकारी पाण्डव महतो,उदेश देवान लागायत पुगेका थिए भने रन्डर बोल्टका पदाधिकारी र धावकहरु पनि सहभागी थिए। समुदायलाई तन्दुरुस्त राख्न निरन्तर गतिबिधि गर्दै आएको नेपाल रन युकेले आगामी नोभेम्बर ५ मा नर्थल्ट १० के रन आयोजना गरेको छ। कार्यक्रममा सहभागी बनि एकअर्कालाई तन्दुरुस्त रहन सम्योजक सन्तोस राइले जानकारी दिए।
समुदायलाइ नै स्वास्थ्य र तन्दुरुस्त रहन प्रेरति गर्ने नेपाल रनको अभियानमा नेपालीहरुको उलेख्य सहभाभागिता साथै नया पुस्ताको उलेख्य सहभागिता रहेको नेपाल रनका जगन कार्कीले।
नेपाल रनले समुदायलाई नै स्वास्थ्य रहन प्रेरित गर्ने अभियानमा सहभागी बन्नको लागि आगामी नोभेम्बर ५ तारिकको कार्यक्रमा सिमित सिट रहेकोले समयमा नै दर्ता गरेर सहभागी भै फाइदा लिन अनुरोध गरेका छन्। कार्यक्रममा सहभागी हुने प्रत्यक धावकले अमुल्य स्वास्थ्य लाभ लिने मात्र हैन टि सर्ट,मेडल पनि प्राप्त गर्ने छन् साथै परिवार र समाजलाई स्वास्थ्य रहन प्रोत्साहन पनि गर्ने कार्कीले बताए। कार्यक्रममा सहभागी हुन www.nepalrun.org मार्फत दर्ता गर्न सकिने बताईएको छ।