Sunday October 06, 2024

साझा नेपाली समाजको कार्यक्रम डिनर विथ महानायकको अभुतपुर्व सफलता

२५ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1409


साझा नेपाली समाजको कार्यक्रम डिनर विथ महानायकको अभुतपुर्व सफलता

शीतलपाटीन्युज डटकम

लण्डन। मिडलैन्डको मार्केट हारव्रोमा साझा नेपाली समाज बेलायतले आयोजना गरेको डिनर विथ महानायक साँझ हिजो सम्पन्न भएकोछ।बेलायत भ्रमणमा रहेका महानायक राजेश हमालको उपस्थितिमा गरिएको कार्यक्रमको अध्यक्षयता समाजका अध्यक्ष दिपक सापकोटाले गरेका थिए।

कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा,समाजका संस्थापक अध्यक्ष शंकर भन्डारी,ब्यवसायी कमल भन्डारी,गैरआवासीय नेपाली संघ बेलायतका महासचिव गोबिन्द खरेल,इग्लैन्ड राज्यसमन्वय परिषदका अध्यक्ष एवं साझा नेपाली समाजका उपाअध्यक्ष शम्भु अर्याल ले महानायक को मिडलैन्ड भ्रमण ऐतिहासिक रहेको र यो कार्यक्रमले मिडलैन्डवासी नेपालीहरुको एकता अझै बलियो बन्ने बताएका थिए।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार आगन्तुकहरुले खचाखच भरिएको कार्यक्रम मा उपस्थित पाहुनाहरुको चाहना अनुसारै आशन र भाषण कमि गराई कार्यक्रमलाई महानयकको सम्मानमा फिल्मी शैलिमा शुरु गरि फिल्मी शैलीमै अन्त गरिएको थियो।

कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु हरि भट्टराई ,केसरी क्षेत्री,लाल क्षेत्री,कृष्ण कंडेल,नारायण आचार्य,लक्ष्मी खराल,शरद शाही,प्रकास केसी,मेजर बुद्धि बहादुर भन्डारी,केशर शेरचन लगायतको उपस्थिति रहेको थियो।

महानायक र समाजका अध्यक्ष दिपक सापकोटाले उदघाटन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक शिब खराल र अतिथिहरुलाई खाॉदा श्रेयषी आचार्य र श्रेर्या खरेलले ओढाई दिएका थिए भने नेपाली गित माईतीघरमा श्रेर्या खरेलको नाँचले दर्सकहरु मन्त्रमुग्ध भएका थिए।

आफ्नो मन्तब्यमा महानायकले मिडलैन्डवासी नेपालीहरु लगायत साझा नेपाली समाजलाई धन्यबाद दिदै यो कार्यक्रमले आफ्नो बेलायत भ्रमण सफल भएको आफुले महशुस गरेको र नेपालीहरुको एकता र आपसी सहयोग बलियो बनाउने काममा आफुले काम गरिरहेको बताएका थिए।

कार्यक्रमको लागी मार्केट हारव्रो फुटबल क्लबले हल उपलब्ध गराएको थियो।यसको संयोजन संयोजक एवं सचिव शुरेष केसीले गर्नुभएको थियो।मिठो खाना मार्केट हारव्रो मा रहेको नेपाली रेष्टुरेन्ट अबतार डाइनिंगका सेफहरुको टिमले समाजको लागी न्युनतम मुल्यमा उपलब्ध गराएका थिए भने फोटो ग्राफीको काम आशिष पन्तले गरेका थिए।कार्यसमिति उपाअध्यक्ष राम प्रसाद पन्थी,कोषाअध्यक्ष उपेन पौडेल,सहकोषाअध्यक्ष उपेन्द्र सापकोटा,कार्यसमिति सदस्यहरु दिनेश ढकाल,गणेश सापकोटा,महाश्रर्मा खरेल लगायतकले हलको सिगांर गरेका थिए।

नेपालबाट आएका कलाकार राजेश बर्देवा,शिब हमाल र पुर्णकला विसीले दर्शकहरुलाई छमछमी नचाएका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?