२६ भाद्र, २०८०
बसन्त कुंवर,
काठमाण्डौ।
हामीले जब प्रहरीमा जागीर खॉयौं,छलकपट लोभ लालच केहि थाहा थिएन। हिमालका हिंउ पग्लिएर भरखर बनेको पानि झै हामि शुद्ध र शुन्दर थिंयौ। इज्जतका लागि युनिफर्म धारण गरेका थिंयौ। हाम्रो एउटै उदेस्य हुन्थ्यो काम गरेको स्थानमा नाम कमाउने। न पैसाको पछी लाग्थ्यौं न नेताका पछाडी। हरेक हाकीमहरु हामीलाइ बाबु भन्दा आदरणिय लाग्दथ्यो।
तर समयसंगै चन्द्रमामा दाग लागेझै हामीमा पनि दाग लाग्न सुरु हुदो रहेछ। हामि कलंकती हुने क्रम सुरु हुंदो रहेछ।
पहिलो,हाम्रा जीबनलाइ कलंकित पार्ने काम माथि हाकिमहरुको कारणबाट सुरु हुंदो रहेछ। हाकिम हरुको स्वार्थ,महत्वकॉक्षा,उंहॉहरु बिचको प्रतिष्पर्दाको लडाइ,गुट,तीन्का नैतिकता स्तर अनुरुप हामी तल्ला तहहरु बिना अपराध प्रभाबित र कलंकित हुन सुरु हुदा रहेछौं।
हाकिमहरुको प्रत्यक हुने नहुने स्वार्थ पुर्तिको औजार हामी मातहत हुने गर्दा रहेछौं। उहाहरुको निर्देशन मान्दा हामि तल्लाहरु अपराधमा पनि मुछिन सक्दो रहेछौं। हामीलाइ “फलानोको चंम्चा” भन्ने आरोप पनि लाग्ने रहेछ।त्यहि चंम्चा कहलिए संगै हाकिमहरुको जीबनमा आउने संकट हरुको हिस्सा हामि हरुले पनि बेक्नु पर्ने रहेछ र त्यस पछी हामि “फटाहा,घुस्याहा,जड्याया,कुरौटे हुंदै एउटा गुटको प्यादो कहलाउदो रहेछौ। हाकिमको नजिक बन्ने लोभमा हुने नहुने काम गर्दा गर्दै हाम्रा कंचन छबिमा कालो पोतिन थाल्दो रहेछ। हाकिमको गुटमा नपर्दा हामिले अब्यबसायीक र असक्षमको कलंक मात्र होइन,बिना अपराध कारबाही,दुख, हण्डर,अपमान समेत भोगी कलंकित हुनुपर्ने रहेछ।
दोश्रो कलंकीत पार्ने समुह हुंदा रहेछन् आफ्नै साथिहरु। उनिहरुलाइ प्रतिष्पर्दा भन्दा षडयन्त्र र खुराफातले आफ्ना साथीहरुलाइ जितेर माथिल्लो पदमा जान सजिलो हुने रहेछ।अत यी पनि नेता देखि हाकिमसम्मको ढोका झोकामा पुगेर हुन्छ कि जॉड वा तासको माहौलमा भनेर हुन्छ, हाम्रा बिरुद्धमा हुने नहुने कुरा वोकल्न सुरु गर्दा हेछन् र भन्दा रहेछन्”हजुर त्यो अर्को गुटको हो,त्यो कारबाहीमा परेको हो,त्यो असफल हो,त्यो हजुरको दलको होइन,त्यो फटाहा हो,त्यस्ले फलानो ठॉउमा यस्तो गर्यो।ति षडयन्त्रकारी कायर साथिहरुले कहिले कुरा लगाउदा रहेछन्,कहिले बिभीन्न निकाएमा उजुर बाजुर गर्दा रहेछन् र कहिले प्रेस प्रोपोगाण्डा गराउदा रहेछन् र हाम्रा शुन्दर छबिलाइ हदै सम्म कलंकित र पछी पार्दा रहेछन्।
अनि आउने रहेछन् नेता भन्ने। तीन्लाइ चाहिने रहेछ आफ्नो र आफ्नो दलको प्यादो। तीन्लाइ पैसा दिनु पर्ने,तिन्ले भनेझै पुलीस प्रसासन चलाउनु पर्ने, यो गर्न नसकिए पछि अनि तीन्ले खेद्न सुरु गर्दा रहेछन्। सरकार र सत्ता परीबर्तन संगै हाम्रा जीबनमा उतार चढाब, आरोप प्रत्यारोप र दुख सुख आउने रहेछ। हाम्रो निस्पक्ष सेवामा इन्को स्वार्थ बॉडीए इन्ले जागीरै खान सक्ने रहेछन्। यो समुहले हाम्रो जिबन कलंकित पार्न ठुलो भुमिका खेल्दा रहेछन्।
अनि आउदो रहेछ प्रेस र मिडीया।यस समुहमा पुलीस प्रसासन लाइ दोहन गरेर र साथ दिएर कमाउन पल्केका र जीबन यापन गरी रहेका समुह पनि हुदा रहेछन्।बस् तीन्को स्वार्थ पुरा नहुने बित्तीकै तिन्ले पनि हाम्रो जिबन लाइ नराम्रो संग कलंकित पार्ने काम गर्दा रहेछन्।
अझ मैले आफ्नो प्रहरी जिबनमा महसुस गरेको “ समाजमा एउटा फटाहा “समुह हुंदा रहेछन् जस्को काम नै पुलीस प्रसासनसंग मिलेर फटाही गरेर खाने हुदो रहेछ। ती तस्कर,कमीसन खोर,डन,गुण्डा, फटाहा,दलाल जुन सुकै रुपमा हामी वरीपरी ठोकिने रहेछन्। तिन्का जिबन फटाही र अपराधीक काम बाटै चलेको हुदो रहेछ।ति ढोका ढोकामा पुगी कुरा लगाउने देखि केसहरुमा सेटीडं समेत गर्दा रहेछन् र आफ्ना अनुकुल सरुवा बडुवा पनी गराउन सक्ने रहेछन्।तीनी हरु हाम्रै हाकिम र मंन्त्री प्रधान मंन्त्रीका पाटनर पनी हुन सक्ने रहेछन्। तीन्को पहुंच न्यायालए देखी प्रसासन सम्म र अख्तीयार देखी जताततै हुन सक्ने रहेछ। फटाही नै पेशा बनाएका यी तत्व हरुले पनि जब स्वार्थ बाझिन्छ, हाम्रा जिबन लाइ नराम्रो संग कलंकित पार्दो रहेछन्।
यी बाहेक अरु सानातिना समुह हुंदा रहेछन् जस्ले हाम्रो जिबनलाइ कलंकित पार्दै जॉदा रहेछन्। कतिपए अबस्थामा आफ्नै परीबारको ऑकाक्षा र अपेक्षा पुरा गर्न लाग्दा पनि कलंकीत हुन सकिने रहेछ। हेर्दा हेर्दै हिंउ पग्लिएर कंचन पानी बनेर सुरु भएको हाम्रो पहिचान आफ्नो भन्दा बडी अरुकै कारणले “टुकुचा”मा परीणत हुने रहेछ।गनाउने , घिन लाग्दो र बदनाम।
यस पछी पदमा माथी माथी आफु जॉहा पुगीएको होस्, त्यस्को उचाइ र सम्मानको केहि अर्थ हुंदो रहेनछ,कलंक हरुले ती पदका उचाइ हरुलाइ यसरी पुरी दिदां रहेछन्,जसरी टुकुचाको गनाउने हिलो भित्र पुरीएको अमुल्य हिराको हार को अबस्था हुन्छ।