Friday February 14, 2025

स्वादे जिब्रोका लागि बिनोद बरालको ट्वाक्क "मम: र रोटी"

२६ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1837


स्वादे जिब्रोका लागि बिनोद बरालको ट्वाक्क "मम: र रोटी"

शीतलपाटीन्युज डटरम।

लण्डन। विश्व स्वाद बजारमा बिनोद बराल नेपाली स्वादकापरिकारहरुका लागि रचनात्मक सोंचका व्यक्तित्वकारुपमा परिचित नेपाली हुन् । २० वर्षको जोशिलो उमेरमालण्डन पुगेका बिनोदले त्यहाँस्थित ओकरा फाइनडाइनिङ इण्डियन रेष्टुरेण्टमा स्वादिष्ट परिकारसंगकोयात्रा शुरु गरेका हुन्।

जुनबेला उनका सङ्गीहरु बनारसमा कार्य  गर्थे उनी त्यसबेला लण्डनस्थित 'दिल्लि डेली'मा मुख्य सेफको भूमीका सम्हाल्दै भारतिय खानाको टेकअवे आउटलेटको धारणा ल्याइसकेका थिए।

लगभग ७६ विभिन्न देशहरुको भ्रमण अनि ६८ विभिन्नएयरलाइन्समा सेवा पश्चात् बरालले आफ्नै नेपाली स्वादहरु समेटिएका आधिकारीक रेष्टुरेण्टको परिकल्पना गरेका हुन् ।

बराल भन्नुहुन्छ,"मैले थार्इ खाना पस्किंदा मान्छेहरुले तिमी नेपाली हौ तर किन नेपाली खानाको साटो थाइखाना दिन्छौ भन्थे। मेरो पहिचानको जरा नै नेपालीपनमा लुकेको छ। लण्डनमा आधिकारीक नेपाली खाना मात्र पाउने रेष्टुरेण्ट खोलेर नेपाली स्वादलाइ विश्व समूदायमा पस्किने इच्छा थियो त्यो पुरा भएको छ।"

अहिले बेलायतस्थित लण्डनको किंग्स्ले, हाउन्स्लोमाबरालको "ममः र रोटी" भन्ने नेपाली आधिकारीकस्वादको स्थल संचालनमा छ जहाँ हातले कुटेकामसलाहरु र नेपाली स्वादका विभिन्न परिकार पस्किंदै आइएको छ।

विदेशीहरुलाइ नेपाली तरिकाको ममः र खाने तरिका सिकाउनु पनि बरालको मनपर्ने काम हो वहा थप्नुहुन्छ,"नेपाली परिकार जोकोहीले जिब्रोमा परोस्खाने तरिका चैं नेपाली पारा नै भएको राम्रो हामी त ममकोडल्लालार्इ दुर्इ टुक्रा पारेर खान्छौं (हाँसो छुट्छ)।"

राम्रो कुरो के छ भने "ममः र रोटी"मा आउने ग्राहक मध्ये ७० प्रतिशत विदेशी पाहूना हुने गरेका छन्।

नेपालीपात्रोबाट।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?