२७ भाद्र, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन।भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भयो।
वैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय,गुडविल पेमेन्ट लगायतका सबै मागहरुमा विस्तृत छलफल भएको छ। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा बिभिन्नसम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको छ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री रोशन खनाल,सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्ग,धर्मबहादुर तामाङ,पुष्पा राणा घले,धनबहादुर गुरुङ्ग,सइन्द्रा केसी थापा तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय,गृह मन्त्रालय,अर्थ मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको कुरा नेपाली राजदुताबास लण्डनको प्रेष बिज्ञप्तिमा जनाइएके छ।