Friday February 07, 2025

एनआरएनएको उपाध्यक्षमा उपमहासचिव रामशरण सिम्खडाको उम्मेदवारी

२८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1936


एनआरएनएको उपाध्यक्षमा उपमहासचिव रामशरण सिम्खडाको उम्मेदवारी

शीतलपाटीन्युज डटकम।

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन्। आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहने सिम्खडाले जानकारी दिए। 

सिम्खडा हाल संघको उपमहासचिवको हैसियतमा रहेका छन् भने संघमा उनलाई बलियो साङ्गठनिक पकड भएका अभियन्ताका रूपमा चिनिन्छ। सन् २००१ देखि बेलायत बस्दै आएका उनी संघमा स्थापनाकाल देखि नै सक्रिय छन्। संघको बेलायतस्थित राष्ट्रिय समन्वय परिषद्को स्थापनामा समेत सक्रिय भूमिका खेलेका सिम्खडा नेपालीले विदेशमा हासिल गरेको ज्ञान,सिप,दक्षता र पुँजीलाई मातृभूमिको समृद्धिका लागि प्रयोग गर्दै नेपालको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिन्छन्। 

सन २००४ को अन्त्यतिरबाट एनआरएनए युकेको स्थापनासँगै अभियानमा सरिक उनी त्यसयता सक्रिय रुपमा लागिरहेका छन् । २००५ मा संघको पहिलो विधान मस्यौदा समिति,२०११ मा एनआरएनए युकेको राष्ट्रिय संयोजक,२००७–११,२०१३–१७ यूके सल्लाहकार हुँदै २०१७–१९, २०१९–२१ दुई कार्यकाल आईसीसी सदस्य बनेका उनी विधान समिति सदस्य ३ पटक,उपसंयोजक एक कार्यकाल र केन्द्रीय नीति निर्माण समिति संयोजक,केन्द्रीय परोपकार तथा मानव कल्याण समिति सदस्य सचिव हुँदै उनी हाल केन्द्रीय उपमहासचिव पदमा क्रियाशील रहेका हुन्। 

आफ्नो रुचिको पद महासचिव भए पनि ‘सबै सँगसँगै हिँडौँ’ भन्ने अभिलाषाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। विधि विधानतः संस्थालाई हिँडाउने र संघको मौलिक पहिचान ‘नेपालमा पर्दा केही गर्ने अठोट’ लाई पुनजागृत गराउने स्पष्ट मार्गचित्र सहित केन्द्रीय उपाध्यक्षमा आकांक्षी रहेको उनले बताए। 

 गैरआवासीय नेपाली संघभित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण २०२१–२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नु परेको उनको भनाइ छ। ‘हामीले संस्थालाई शिरदेखि तिरैसम्म २ भागमा फुटाउनु भन्दा आलोचना सहेर भए पनि संस्था दुई चिरा हुन नदिऔँ भनेर बहुपदीय अवधारणामा गयौँ। यसै बिचमा पनि एनआरएनका केही थातिरहेको मुद्धाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ,’उनले भनेका छन।

(रातोपाटीबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?