Friday February 07, 2025

बेलायतका अभियन्ता दयानिधि सापकोटाद्वारा केन्द्रिय सचिवमा उम्मेदवारी घोषणा

२८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1915


बेलायतका अभियन्ता दयानिधि सापकोटाद्वारा केन्द्रिय सचिवमा उम्मेदवारी घोषणा

शीतलपाटीन्युज डटकम।

लन्डन। एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले एनआरएनए केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायत लेस्टरका एकजना सफल व्यवसायी सापकोटाले अग्रज र डेलिगेट्ससँग लामो छलफल एवम परामर्शपछि सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

'पारदर्शी संगठन,जवाफदेही संस्था-एकताबद्ध एनआरएनए: सबल सचिवालय' उनको मुख्य एजेन्डा छ। 

सापकोटाले एनआरएनएमा आफ्नो लामो अनुभव सदुपयोग गर्दै संघको वृहत्तर हित र मातृभूमिका लागि थप काम गर्ने प्रण पनि गरेका छन्।  

एनआरएनए ११ औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आउंदो १७ देखि २० अक्टोबरसम्म काठमाडौंमा हुँदैछ।  

अहिले केन्द्रिय नेतृत्वको आकांक्षीमध्ये अग्रपङ्क्तिमा देखिएका उनले बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य र युरोप उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका कारण उनी सबैको रोजाइ बनेका छन्।  

सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा आएका थिए। 

स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न १४औं युरोपियन क्षेत्रीय बैठकसहित १२औं महिला, युवा तथा विज्ञ सम्मेलन र चेक रिपब्लिकमा आयोजित १५ औं युरोपियन क्षेत्रीय सम्मेलन सफल बनाउन निकै खटिएका सापकोटाको रचनात्मक भूमिकाले त्यतिखेर सर्वत्र प्रशंसा पाएको थियो।

बेलायत नेपाल दुवैतिर च्यारिटीकर्म,आपतविपत र प्राकृतिक विपत्तिमा साथ,नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर आर्थिक सहयोग गर्ने उनी नाम जस्तै 'दयालु' रहेको उनलाई चिन्नेहरु बताउंछन्। 

‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको पहिचान बनाएका उनले दर्जनौ सामाजिक संस्थामा काम गरेर अनुभव हासिल गरेका छन्। बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि। 

स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी। करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आइपुगेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?