Saturday December 02, 2023

२५ सेप्टेम्बरमा साझा नेपाली समाज बेलायतले मानवसेवा आश्रमको सेमिनारको संयोजन गर्दै

३० भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1285


२५ सेप्टेम्बरमा साझा नेपाली समाज बेलायतले मानवसेवा आश्रमको सेमिनारको संयोजन गर्दै

शीतलपाटीन्युज डटकम।

लण्डन। मातृत्व र मातृभूमिको सम्मानमा मानवसेवा आश्रम नेपालका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूबाट सहजीकरण हुने आमा सेमिनारमा यहाँको गरिमामय समुपस्थितिका लागी सम्पूर्ण बेलायतबासी नेपाली जनसमुदायलाई सादर निमन्त्रणा गर्दछौं।  

मानवसेवा आश्रम बेलायतका अध्यक्ष सुनिल बाबु खडकाको निम्तामा बेलायत आएको मानवसेवा आश्रमको टोलीले मानवता,करुणा,परोपकार, शान्ति,खुसी,आमा र मातृभूमिको विषयमा ज्ञान चर्चा (मनोमंजन कार्यक्रम) सँगै हाम्रो राष्ट्र नेपाललाई २०८२ साल भित्र सहयोगापेक्षी (वेसहारा,अशक्त,असाहय, अनाथ,अभिभावविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र घोषणा पछिको पूर्ण कार्यन्वयनका लागि मानवसेवा आश्रम दृढ संकल्पका साथ मानविय सेवा जुटिरहेको छ।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार मिडलैन्डवासी नेपाली परोपकारी एवं मानवताप्रेमीमनहरु सँग स्नेहमिलन,विचार विमर्शको अभिष्टका साथ सोमवार २५ सेप्टेम्बरमा आयोजना हुने कार्यक्रममा सबैको सहभागिताको लागि सादर निमन्त्रणा गरिएको छ।साथै यो सेमिनारको संयोजन गर्ने जिम्मा समाजका कोषाअध्यक्ष उपेन पौडेल र कार्यसमिति सदस्य गोबिन्द सापकोटालाई दिएकोछ।

सेमिनारमा हुने तँपाईको सहभागिता,प्रेम र प्रेरणाले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न र मानवता प्रवर्द्दनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?