Saturday December 02, 2023

बेल्स युकेमा भब्य मनाइयो तीज,चेलीहरुलाइ दर खुलाइयो

३१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1204


बेल्स युकेमा भब्य मनाइयो तीज,चेलीहरुलाइ दर खुलाइयो

शीतलपाटीन्युज डटकम।

१६ सेप्टेम्बर २०२३ शनिवार, बेल्स,युके। नेपाली समाज वेल्स,यूकेको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। वेल्सका विभिन्न क्षेत्रहरु आभरगाभेनी,न्युपोर्ट, स्वान्सि,निथ र बिशेष गरि कार्डिफ र कार्डिफ वरपरबाट पाल्नुभएका दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको रोथ सोसल क्लबमा सम्पन्न भएको थियो। 

नेपाली समाज वेल्स,युकेकी सचिब शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा बिदेशी माटोमा आएर पनि यति धेरै दिदीबहिनीहरुका माँझ नेपाली पर्वहरु मनाउन पाउँदा खुशी ब्यक्त गरियो। नेपाली कला र संस्कृतिको जगेर्नाका लागि संस्थाले खेलेको यस भूमिकामा साथ दिनुहने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै हरितालिका तिजको शुखद अबसरमा सचिव पोखरेलले हार्दिक शुभकामना व्यक्त गर्नु भयो। 

संस्थाकी अध्यक्ष लक्ष्मी केसीले स्वागत मन्तब्य तथा तिजको शुभकामना दिनु भएको थियो। अध्यक्ष केसीले कार्यक्रममा अपार सहभागिताले संस्थालाई अझै बढी हौसला बढेकोमा खुसि व्यक्त गर्दै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो। आफु सानो हुँदाको समय स्मरण गर्दै बिदेशमा रहेता पनि नेपाली परिकारहरु संगै नेपाली चाड मनाउन पाउँदा हर्षित भएको कुरा व्यक्त गर्नुभयो। तीज पर्ब धार्मिक भन्दा पनि सांस्कृतिक रुपमा बिस्तारै रुपान्तरण हुँदै गएको र सबैलाई समान रुपमा समेट्दै गएकोमा खुशी व्यक्त गर्दै यसले समाजमा सकारात्मक प्रभाब पार्दै गएको जनाउनु भयो। पारिवारिक सु- स्वास्थ्यको कामना सहित ब्रत तथा पुजा हुने यस पर्बले सबैमा खुशियालीको कामना गर्दै वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने पाहुनाहरुमा हार्दिक स्वागत गर्नुभयो।  

कार्यक्रमका अवसरमा धन्यवाद मन्तब्य राख्दै उपाध्यक्ष पदम पुनले सम्पूर्ण उपस्थितिको लागि धन्यवाद एवं शुभकामा व्यक्त गर्दै कार्यक्रम सफलताको लागि सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

हर्ष र उल्लासका साथ सम्पन्न यस कार्यक्रममा वेल्सका बिभिन्न ठाउँबाट पाल्नुभएका दिदीबहिनीहरुले एकापसमा शुभकामना,खुशी साटासाट एवं पूर्ण मनोरन्जनका यस बर्षको तिज पर्ब भब्य रुपमा सम्पन्न भएको छ। 

कार्यक्रम सफलाको लागि बिशेष सहयोग पुर्याउनुहुने महानुभावहरु प्रेम भण्डारी,शालिकराम काफ्ले,बाबु राम खनाल,संजिव मैनाली,विकास रानाभाट,बलराम अधिकारी,बल थापा,चित्रा देवकोटा,सुर्य ढकाल,जीवन के सी,भोज नारायण रेग्मी,सबिना थापा लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैमा नेपाली समाज वेल्स,यूके बिशेष धन्यबादका साथ हार्दिक आभार व्यक्त गर्दछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?