Wednesday June 12, 2024

नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

२ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1542


नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली साहित्य विकास परिषद युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको बिरामी छोरा बिश्वराज अधिकारीको ल्युकेमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको समाचार परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले दिनु भयको छ।

काठमाडौँमा उपचार गराइरहेका १२ कक्षामा अध्ययनरत विरामी युवाको उपचार सहयोगका लागि परिषदमा नेपालबाट सहयोगका लागि निवेदन प्राप्त भए पछि परिषद्का पदाधिकारीहरू आफैले सकेको सहयोग रकम दिएर उपचार सहयोग नेपाल पठाएका हुन्।

यसरी सहयोग गर्ने पदाधिकारीहरूमा कोमल मल्ल,सुरेशजङ्ग शाह,मनोज अन्जान,खगेन्द्र नेपाली,पिपला पाण्डे देवान,मदन थापा,हरिसिंह थापा, वीरेन्द्र कुँवर,रेशम अर्याल,गोकुल भण्डारी,कमल भण्डारी,ध्रुव केसी र हिन्दमैया बैद्य रहेका छन्।

ल्युकेमिया जस्तो सारै महङ्गो उपचारका लागि समाजका अन्य संघसंस्था र समाजसेवीहरूबाट सहयोग गरिदिनु हुन नेपाली साहित्य विकास परिषद युकेले हार्दिक अपिल पनि गरेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?