Saturday February 08, 2025

गीतकार सतिश चापागाईंको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक “हिजो काम,आज काम, काम बिदेशमा”

७ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1627


गीतकार सतिश चापागाईंको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक “हिजो काम,आज काम, काम बिदेशमा”

शीतलपाटीन्युज डटकम।

काठमाडौं । गीतकार / पत्रकार सतिश चापागाईंको शब्द रहेको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक गरिएको छ। 

सार्वजनिक 'हिजो काम आज काम, काम विदेशमा' बोलको गीतको भिडिओमा कलाकार प्रकाश सपूत,दीलिप रायमाझी, रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ।प्रशान्त तामाङको स्वर रहेको गीतमा र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ। 

राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र 'परदेशी २' मा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ,केकी अधिकारी, वर्षा शिवाकोटी,नीर शाह,रमा थपलिया,सविन बास्तोता,देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। नारायण रायमाझी निर्देशित चलचित्रको कथा रमेश विजीले लेखेका हुन्। 

गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाईले कविता र गीतहरु पनि  लेख्छन्। चापागाई नेप्लिज डायस्पोरा अनलाईन पत्रिकाका प्रधान सम्पादक र संचालक समेत हुन् ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?