१२ आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन।गत शनिबार २३ सेप्टेम्बरका दिन तमुधीं यू के ले तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगको लागी परोपकारी भोजको आयोजना गरेको थियो । तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा तमुधीं यू के का निवर्तमान अध्यक्ष एबं एनआरएन यूकेका अध्यक्ष हित काजी गुरुङ्ग प्रमुख अतिथी रहनु भएको थियो । सोही कार्यक्रममा तमुधीं यूकेका उपाध्यक्ष तथा चौधौं नेपाली मेलाका संयोजक परशु गुरुङ्गलाइ सो मेला सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा अध्यक्ष र अतिथी द्वयले खादा फेटा सहित सम्मन गर्नु भएको थियो भने,नेपालबाट बेलायत भ्रमणमा रहनु भएका तमुधीं यू के का आजीवन सदस्य होटल ब्यबशायी काजी गुरुङ्ग र उहांकी धर्मपत्नि मन्जु गुरुङ्गलाइ खादा फेटा र पछ्यौराले स्वागत गरिएको थियो।यसक्क साथै नेपाली लोक गायक तिलक गुरुङ्गलाइ पनि फेटा खादाले स्वागत गरिएको थियो।
तमुधीं यू के ले सन २००७ पश्चात हरेक वर्ष नेपालका आर्थिक रुपले कमजोर तर जेहेन्दार विद्धार्थीहरुलाइ छत्राबृत्ती दिलाउनको लागी परोपकारी भोज आओजना गर्दै आएको छ। एक जना विद्धार्थीलाइ छत्राबृत्ती दिन रु १ ,२५००० को अक्षयकोष खोल्नु पर्ने हुन्छ। हाल सम्म तमुधीं यू.के ले संस्थागत रुपमा ७८ जना लाइ छात्राबृती दिन सफल भएको छ भने तमुधीं अन्तर्गत अन्य धेरैलाइ छात्राबृती दिन सफल भएको छ। तमुधीं यू केका अध्यक्ष,प्रथम महिला,“प्रमुख अतिथी र सम्स्थापक अध्यक्ष मिन प्रसाद गुरुङ्गद्वारा पानसमा दियो बाली सुभारम्भ गरिएको सो कार्याक्रममा पूर्वाध्यक्ष रामचन्द्र गुरुङ्ग,पूर्वाध्यक्ष नन्दजंग गुरुङ्ग,ट्रष्टी एकेन्द्र गुरुङ्ग तथा जित गुरुङ्ग लगायत सल्लाहकार र अन्य सदस्यहरुको उपस्थिती थियो।
यस वर्ष पनि तमुधीं यू के ले उक्त भोजको आयोजना गरेर ६ जना विद्धार्थी का लागी अक्षय कोष जोहो गर्न सफल भएको छ। उक्त अवसरमा खानाको प्रायोजन कार्यसमिती भित्र बाटनै र केहि गोर्खा किचन बाट गरिएको थियो।
‘उच्च शिक्षा हाम्रो लक्ष ‘नारा लिएर स्थापित भएको तमु संस्कृतिक प्रतिष्ठानको लागी यस वर्षका अक्षय कोष दाताहरु यस प्रकार छन।तमुधीं यू.के २ जना,तमुधीं यू के आमा समुह १ जना,मेजर उदइ बहदुर गुरुङ्ग १ जना,लेख गुरुङ्ग दीपा गुरुङ्ग १ जना र धन गुरुङ्ग साबित्री गुरुङ्ग १ जना (यो उहांहरुको दोश्रो अक्षय कोष हो)। कुल मिलाएर रु.७,५००००.०० (सात लाख पचास हजार रुपयां)को चेक रात्रि भोजका संयोजक परशु गुरुङ्गले अध्यक्ष हरि गुरुङ्गलाइ हस्तान्तरण गर्नु भएको थियो।
एन आर एन यू के का अध्यक्षले यसरी आफैले नेतृत्व गरी सकेको संस्थाले फेरी प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरेको मा धन्यवाद दिंदै तमुधीं यूके परोपकारी काममा पहिला झैं नै अग्रसर भएकोमा हर्षित भएको बताउनु भयो।
अन्तमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ्गले सबै परोपकारी मनहरुलाइ धन्यवाद दिंदै एक जना मात्र बच्चालाइ पनि शिक्षाबाट बिमुख हुनबाट जोगाउन सकियो भने यो अभियानले सार्थकता पाउने बताउनु भयो।