२० आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
हिथ्रो,लण्डन। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरु बेलायत आई पुगेको समाचार छ। उहाहरु बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि असोज २६ गतेसम्म आयोजना हुने "Integrated Programme For Strengthening Security And Justice (Phase 2) बिषयक कार्यक्रममा सहभागी हुन लण्डन आउनु भयको हो।
उक्त टोलीमा प्रहरी महानिरीक्षक बसंन्त बहादुर कुंवर,प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केशी,प्रहरी बरिष्ठ उपरिक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सम्मीलित रहेको कुरा नेपाल प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षकको सचिवालय केन्द्रिय प्रहरी समाचार कछको दैनिक समाचार बुलेटिनमा जनाइएको छ।
UNOPS संग शुरुवात गरीएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरुसंग सुरक्षा,अनुसन्धान,न्यायका बिषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा अपराधका चुनौतिहरु बारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीको सामना गर्न उपयुक्त कानुन,सीप,श्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने,सामुदायिक पुलिसिॅङ,यौनिक एवम लैगिक हिसाका साथै बालबालिका बिरुध्द हुने अपराधको खतरालाई संबोधन गर्ने बिषयमा छलफल हुने कार्यक्रम रहेको छ। महिला तथा बालबालिकाहरुको लागि बिशेष ध्यान केन्द्रित गर्दै लैङ्गिक हिंसा नियन्त्रण तथा रोकथाम गर्न नेपाल प्रहरीको छमता बिकास र सुदृढ गर्ने यो कार्यक्रमको लक्ष राखिएको छ।
कार्यक्रममा नेपालका प्रहरी महानिरीक्षक कुंवर र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु,मेट्रोपोलिटन पुलिस न्यु स्कटलैण्ड यार्डका डिपुटी एसीसटैन्ट कमिस्नर वार्ड,FCDO Office का स्टफेन ओटर,UNOPS कन्सल्टेन्ट सिसीलिया डन्सटर, नेसनल क्राईम एजेन्सी (NCA),कलेज अफ पुलिसीङ,क्यामब्रिजसायर पुलिस थ्रेट एससमेन्ट टीम,क्यामब्रिजसायर पुलिस VAWG टीमसंग भेटघाट र छलफल हुने कार्यक्रम रहेको छ। भेटघाटका अवसरमा आपसी समन्वय,हित तथा सहयोग आदानप्रदान गर्ने बिषयमा छलफल समेत हुनेछ। साथै ग्रीनविच पुलिस बरो कमान्ड पुलिस स्टेसनको समेत अबलोकन र अध्ययन भ्रमण गरिने कार्यक्रम रहेको छ।
प्रहरी महानिरीक्षक कुंवरको अनुपस्थितीमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले दैनिक प्रसासनिक कामकाजको जिम्मेबारी समाल्नु हुने र टीमलाई प्रहरी अतिरीक्त महानिरीक्षक र नायव महानिरीक्षकहरुले अन्तराष्ट्रिय विमानस्थल गौचरणमा शुभकामना सहित बिदाई गर्नु भयको थियो।
हिथ्रो एअरपोर्ट टर्मीनल ४ मा सामाजीक अभियन्ता एवम चार्टर एकाउन्टेन्ट पदम आचार्य र पुर्व डिएसपी बाचस्पति रेग्मी स्वागत गरेका थिए।