Monday February 10, 2025

एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा सम्पन्न

२२ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1724


एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा गरेको छ। शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो।

शोक सभाका सहभागीले बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता राईको असामयिक निधनले समाजमा ठूलो क्षति पुगेको भन्दै भावुक बने । उनीहरुले राईप्रति पुष्पगुच्छा र दीप प्रज्ववलन गरेर श्रद्धान्जली अर्पण गरे । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको सभापतित्वमा भएको शोक सभामा पूर्व ब्रिटिश गोर्खा आकाश सुनुवारले स्वर्गीय राईको व्यक्तिगत तथा सामाजिक जीवनबारे चर्चा गरेका थिए।

कार्यक्रममा बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवानले भूतपूर्व गोर्खाहरुले आफ्ना सहयोद्धा र नेपाली समुदायले एक सच्चा राष्ट्रप्रेमी गुमाउनु पर्दा निकै पीडा महशुस गरेको भन्दै श्रद्धान्जली अर्पण गरे । फोनिज यूकेकी अध्यक्ष गोमा रानाले भावुक बन्दै कविता वाचन गरेकी थिइन्।

कार्यक्रममा निकै भावुक बनेका अध्यक्ष गाहामगरले मास्टर रास्ट्र राईको निधनले संस्थाले एक निकट सदस्यमात्र नगुमाइ नेपाली समाजले नै एक असल र निष्ठावान समाजसेवी गुमाएको उल्लेख गरे। सो अवसरमा अध्यक्ष गाहामगरले राजेश राईलाई उनका दाई स्वर्गीय राईको तस्विर र शोक पुस्तिका पनि हस्तान्तरण गरेका थिए।

महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रममा पाइपर धुन र मौनधारण गरि स्वर्गीय राईप्रति श्रद्धान्जली अर्पण गरियो । १३ वर्षीया साया राईले पाइपर धुन बजाउंदा त्यहां सन्नाटा छाएको थियो।सन् १९६५ अप्रिल १९ मा खोटाङ दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका ९ मा जन्मिएका राईको गत सेप्टेम्बर २१ मा ह्दयाघातका कारण निधन भएको थियो।

एनआरएनए यूकेको सन् २०१५–२०१७ कार्यकालका उपाध्यक्ष राई सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक थिए। सन् १९८३ मा ब्रिटिश आर्मीमा भर्ती भएका राईले ब्रिगेड अफ गोर्खाज्भित्र तेक्वान्दो खेल स्थापित गरेका थिए। दिवंगत माष्टर राई तेक्वान्दो सिक्स्थ डान (डब्लुटिएफ, आइटिएफ) हुन् । उनले ब्रिटिश आर्मीमा छंदा धेरै प्रतियोगिता जितेर अवार्ड प्राप्त गरेका थिए। नेपाली समुदायमा उनलाई स्पष्ट र खरो बोल्ने व्यक्तिका रुपमा लिइन्थ्यो। उनी चित्र कोर्न पनि सिपालु थिए। उनको एउटा चित्र २० हजार पाउण्डमा विक्री भएको र राईले उक्त चित्रबाट प्राप्त पैसा च्यारिटीमै खर्च गरेका थिए।

पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए। उनका श्रीमती सवनम राई, एक छोरा रेस्वन र एक छोरी छन्। राईको अन्त्येष्टी किराती मुन्दुम संस्कार अनुसार आउंदो अक्टोबर २० तारिख ब्रोम्पटन गिलिङहामको ग्यारिसन चर्चमा गरिने भएको छ 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?