Friday February 07, 2025

मध्यपूर्व र यूरोप भ्रमण सकेर फर्किए सचिव पदका उम्मेदवार सापकोटा

२२ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1496


मध्यपूर्व र यूरोप भ्रमण सकेर फर्किए सचिव पदका उम्मेदवार सापकोटा

शीतलपाटीन्युज डटकम।

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा मध्यपूर्व र युरोपेली देशहरुको भ्रमण पुरा गरि आइतबार कर्मभूमि बेलायत फर्किएका छन्। 

डेलिगेट्सहरुसंग प्रत्यक्ष भेटेर उनीहरुका कुरा सुन्न र  आफ्ना प्रतिवद्धता प्रस्तुत गर्न सापकोटा भ्रमणमा निस्किएका थिए। उनी बहराइन, दुबई, कुवेत, बेल्जियम, फ्रान्स, स्पेन, पोर्चुगल, माल्टा र डेनमार्क हुंदै बेलायत फर्किएका छन् । 

भ्रमणका क्रममा सापकोटाले मतदातासमक्ष आफ्ना ऐक्यबद्धता प्रस्तुत गर्दै उनीहरुबाट सुझाव सल्लाह लिए । नेतृत्व पंक्तिले निर्वाह गर्नुपर्ने जिम्मेवारी र गैरआवासीय नेपालीका अपेक्षा के छन् त्यसबारे पनि सापकोटाले विचारविमर्श गरेका थिए । आफूले भ्रमण गरेका देशका डेलिगेट्सहरुबाट पूर्ण साथ र हौसला पाएको उनले बताए । 

'चाहना भएर पनि म धेरै साथीहरुसंम पुग्न सकिन। तर तपाईंहरुले हामीप्रति देखाउनुभएको नैतिक र भावनात्मक समर्थन मेरा लागि अमूल्य छ',उनले भने, 'मैले भेट्न नसकेका डेलिगेट्स साथीहरुलाई पनि म यही समाचारमार्फत मलाई मत दिएर एकपटक नेतृत्वमा आउन सहयोग गरिदिनु हुन अपिल गर्दछु,' उनले भने। सापकोटाले आउंदो शुक्रबार नेपाल पुग्ने योजना बनाएका छन्। 

वर्तमान एनआरएनए युरोप उपसंयोजक सापकोटाले पारदर्शी संगठन,एकताबद्ध एनआरएनए, सबल सचिवालय,जवाफदेही संस्था र गैरआवासीय नेपालीहरुको हकहित,अधिकार प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा,आत्मियता एवं संगठनात्मक एकता जस्ता प्रमुख एजेण्डा अघि सारेका छन्। 

आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका सापकोटा सचिव पदका सशक्त दावेदार मानिएका छन्। उनले विश्वभरका मतदातालाई यसपटक पनि साथ दिन अपिल गरेका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?