Friday February 07, 2025

एनआरएनए यूके, इङलैण्ड राज्य समन्वय परिषदको हस्तान्तरण कार्यक्रम सम्पन्न

२४ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1787


शीतलपाटीन्युज डटकम।

मिती ८ अक्टूबर २०२३ सोमवार बिहान १० बजे भर्चुवल जुम मार्फ़त एनआरएनए यूके,राज्य समन्वय परिषद इड्गल्यैण्डको २०२१- २०२३ कार्यसमितिले नयॉ कार्यसमिति २०२३-२०२५ लाई हस्तान्तरण गरेको छ।

पुरानो कार्यसमितिका पदाधिकारी र नयॉ कार्यसमितिका पदाधिकारीहरूको उपस्थितिबाट  कार्यक्रम सम्पन्न भएको थियो। यो कार्यक्रम नया कार्यसमितिका अध्यक्ष शम्भुप्रसाद अर्यालको अध्यक्षतामा रहेको थियो। कार्यक्रमको सुरूवातमा संबोधन निवर्तमान अध्यक्ष लाल बहादुर गुरुङले गर्नुभयो। संबोधन गर्ने क्रममा उहाँले आफ्नो सम्पूर्ण टिमलाई धन्यवाद दिदै नयां टिमसंग पनि आफु हरदम साथ रहेको जनाउनु भयो। बर्तमान अध्यक्ष अर्यालले निबर्तमान कार्यसमितिलाई कुशलता पूर्वक दुई वर्षे कार्यकाल सम्पन्न गरेकोमा हार्दिक बधाई ज्ञापन गर्नुभयो।

तत्कालीन कोषाध्यक्ष सचिन भटराई तथा सदस्य बलराम सुवेदीले अघिल्लो कार्यकालको हिसाब किताबको जानकारी दिनु भएको थियो भने निबर्तमान सचिव राम प्रसाद पन्थीले कार्यकालको शुरूको दिनदेखी अहिले सम्म गरेका कामको पूर्ण जानकारी दिदै र ६ वटै महत्वपूर्ण काउन्टि काउन्सिल सक्रिय  बनाउनू पर्नेमा जोड दिनूभयो।

कार्यक्रमबाटै बैंकमा रहेको £९६ को साथमा अकाउंट तथा अन्य महत्वपूर्ण रहेका कुराहरू जस्तै ईमेल,मिडिया अकाउंट आदि पनि हस्तान्तरण गरियो।तत्कालै नयॉ कार्यसमितिको कोषाध्यक्ष श्रीमती राममाया बिष्टजीले कार्यभार ग्रहण गरेको जानकारी गराउनु भयो। तत्कालीन सहसचिव रहनु भएका अन्जु कुवंरले वर्तमान सचिवको कार्यभार ग्रहण गर्दै पुरानो कार्यसमितिले गरेको सबै कार्यक्रमहरु आफू जानकार रहेको भन्दै कार्यक्रम सञ्चालन गर्नु भयको थियो। अर्को बैठक छिटै बोलाउने गरि कार्यक्रम सम्पन्न भयको कुरा सचिव अन्जु कुवॅरले जानकारी दिनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?