२५ आश्विन, २०८०
अमेरिकामा सफल ब्यवसायीको रुपमा परिचित सुवेदीले एनआरएनलाई आमूल परिवर्तन गर्नको लागि आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको परियोजना र गतिविधि पारदर्शी बनाउँदै सचिवालय सञ्चालन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।
यसअघि एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा उनले थुप्रै काम गरेका छन्। कोभिडको बेला उनले अमेरिकाबाट स्वास्थ्य सामग्री नेपाल पठाएका थिए। उनले एनआरएनए अमेरिकाको आफ्नै भवनमा कार्यालय स्थापना गरेका छन् । सरल र मिजासिला स्वभावका सुवेदी एनआरएनएमार्फत सबै नेपालीलाई जोड्ने बताएका छन्।
आप्रवासी नेपालीहरुको छाता संगठन (एनआरएनए) को अधिबेशनमा बुद्धिसागर सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेर तयारी तीव्र पारेका छन् । आगामी वर्ष २०२३–२५ को कार्यकालका लागि एजेण्डा सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
यसैक्रममा उनले विभिन्न देशमा पुगेर एजेण्डा र प्रतिवद्धता प्रस्तुत गरेका छन् । एनआरएनएहरूको सुझाव संकलन गर्दै विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाट तीव्र पारेका छन् । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवादमार्फत कार्यान्वयन गराउन , महिला, युवालगायत दोश्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन्।
गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिलाई पारदर्शी बनाउँदै सचिवालय सञ्चालन गर्ने प्रतिवद्धता गरेका छन्। अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शी गराउने भनेका छन्। गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताँदै आफ्नो टोलीलाई निर्वाचन गराउन आग्रह गरेका छन्।
अक्टोबर १७ देखि सुरु हुने महाधिवेशनमा सुवेदी महेशकुमार श्रेष्ठको प्यानलबाट महासचिवका उम्मेदवार हुन्।
उनी २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । उनले एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै, एनआरएनएनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए। ‘एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेको छु , ’ सुवेदीले भने , ‘ एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छु । संस्थागत विकास र एनआरएनएमा सबैको अपनत्व बोध गराउने भनेर महासचिवको उम्मेदवारी दिन लागेको हुँ।’
चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए। उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन्। सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम
लगायतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन। सुवेदीले भैरहवामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्।