Friday February 07, 2025

तमु धिं नेपालको अध्यक्षमा हुम बहादुर गुरुङ पुन : निर्बिरोध निर्वाचित

२६ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 2020


तमु धिं नेपालको अध्यक्षमा हुम बहादुर गुरुङ पुन : निर्बिरोध निर्वाचित

शीतलपाटीन्युज डटकम।

पोखरा। तमु धिं नेपालको अध्यक्षमा गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ निर्वाचित  हुनु भएको छ। संस्थाको ३९ औं साधारणसभा तथा १६ औं महाधिवेशनबाट उहा आगामी ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो। 

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा ९,भँगरा घर भई हाल पोखरा निवासी हुम तमु कास्की आवाज दैनिक,फोनिज लगायतका विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ।  

साथै संस्थाको अन्य पद मध्य वरिष्ठ उपाध्यक्षमा सु.मे.श्रीप्रसाद गुरुङ, प्रथम उपाधयक्ष गिमाया गुरुङ, द्वितीय उपाध्यक्ष नारायण गुरुङ, महासचिव अधिवक्ता जूनाकुमारी गुरुङ,सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ,कोषाध्यक्ष गमबहादुर गुरुङ र सहकोषाध्यक्ष सु.तुलबहादुर गुरुङ निर्विरोध भएको समाचार छ।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सदस्यमा सल्लाहकार एवम पूर्व महासचिव रुद्रकुमारी गुरुङ मैना र आजीवन सदस्य पत्रकार राजबहादुर गुरुङ रहेको बिहीबारको मनोनयनमा अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मतको बाटो खुलेको निर्वाचन समितिका प्रमुख शंकर गुरुङले बताउनु भयको छ।

तमु धिं नेपालको साधारणसभा तथा महाधिवेशन असोज २७ गते शहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यमा पोखराको नयाँबजार स्थित तमु धिं नेपालमा हुनेछ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?