६ कार्तिक, २०८०
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन।नवरात्री पुजा एवम बिजया दशमी २०८० को शुभ अवसरमा शिव मन्दिर अल्डरसटले नेपाली राजदुताबासका महामहिम राजदुत ज्ञानचन्द्र आचार्यको गरिमामय उपस्थितीमा गत २१ अक्टोबर २०२३ का दिन नौमती बाजा समेतको भब्य समारोहको आयोजन गरी बडादशैको फुलपाती भित्र्याएको समाचार छ।
२१ अक्टोबर २०२३ शनिवार बिहान १० बजेको साईतमा प्रमुख अतिथी महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र श्रीमती सुनिता आचार्य,रसमोर बरो काउन्सीलका वरसीप मेयर Clive Gratton,नेपाली राजदुताबासको डिपुटी चिफ अफ मिसन श्रीमती रोसन खनाल र करुण अर्याल,काउन्सीलर जीब बेलबासे एवम काउन्सीलर सोफिया,शिव मन्दिरका अध्यक्ष बाचस्पति रेग्मी, गुल्मी नौमती बाजाको टीम,मन्दिरका पेट्रोनहरु, ट्रस्टीहरु, कार्यसमिती पदाधिकारीहरु, डोनरहरु,आमन्त्रित पाहुनाहरु समेतको टोलीले मन्दिर प्राड्गणबाट Municipal Garden सम्म पैदल गै बाजागाजा समेत फुलपाती ल्याएर धार्मिक परम्परा अनुसार पंडित पवन दाहालद्वारा बैदिक मन्त्रद्वारा प्रमुख अतिथी महामहिम राजदुत आचार्य र मेयर Clive Gratton द्वारा पुजा गर्दै शिव मन्दिरमा फुलपाती भित्र्याईएको थियो।
साथै शिव मन्दिरका उपाध्यक्ष बिक्रम भट्टराई र महासचिव हरि भट्टराई संयोजक भएको सो फुलपाती भित्र्याउने कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदुत आचार्यले बिदेशमा रहेर पनि नेपाली संस्कृति,परम्परा र धर्मको जगेर्ना गर्न शिव कल्चरका अभियन्ताहरुले गरेको यो ठुलो प्रयासलाई धन्यबाद दिनु भयको थियो।शिव कल्चरलका अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा भयको उक्त कार्यक्रम महासचिव हरि भट्टराईले संचालन गर्नु भयको थियो भने उपस्थित पाहुनाहरुको स्वागत उपाध्यक्ष बिक्रम भट्टराईले गर्नु भयको थियो।
रसमोर बरो काउन्सीलका मेयर Clive Gratton, रसमोर बरो काउन्सीलका लिडर David Clifford, काउन्सीलर जीव बेलबासेले संबोधन गर्नु भयको सो कार्यक्रममा हेल्थ एण्ड सेफ्टी ब्रिफिड्ग कोषाध्यक्ष नीरज शर्माले गर्नु भयको थियो। गुल्मी नौमती बाजाको आवाज घन्किएर मनोरन्जन प्रदान गरी मनाईएको सो कार्यक्रममा डोनेसन ब्यवस्थापन सह कोषाध्यक्ष निरज तिवारीले गर्नु भयको थियो ।
पुजामा कर्ता भएर संयोजक एवम उपाध्यक्ष बिक्रम भट्टराई र श्रीमती पबित्रा भट्टराइ एवम पेट्रोन एवम पुर्व अध्यक्ष रोहित गुरुड्ग र ट्रस्टी सुस्मा गुरुड्गले गर्नु भयको थियो।शिवनामी खादा लगाएर आगन्तुक पाहुनाहरुलाई स्वागत गरिएको सो कार्यक्रममा संस्थाका बिमला पौड्याल भट्रराई,रेखा गुरुड्ग,किशोर गुरुड्ग,शंकर श्रेष्ठले फुलपाती कार्यक्रमको ब्यवस्थापन गर्नु भयको थियो भने गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ले फोटोग्राफी र लाईभ समेत गर्नु भयको थियो।
फुलपाती भित्र्याउने बडादशै पुजामा उपस्थित प्रमुख अतिथी महामहिम राजदुत आचार्य लगायत मेयर, काउन्सीलर,पेट्रोन, ट्र्ष्टी, मन्दीर पदाधिकारी,उपस्थित पाहुनाहरु,डोनरहरुलाई धन्यबाद दिदै अध्यक्ष बाचस्पति रेग्मीले कार्यक्रम समापन गर्नु भयको थियो।