२७ कार्तिक, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले शनिबार रिमेम्ब्रेन्स डे अर्थात् पुर्खा दिवस मनायो।प्रिन्सेस गार्डेन सर्जरीको प्राड्गणमा बिहान १० बजेर ४० मिनेट देखि सुरु भएको कुरा जिआरएनसी युकेका अध्यक्ष मान गुरुङले बताउनु भयको छ।
त्यस दिन कार्यक्रमस्थलमा जम्मा भई क्युआरयलजीयसको मार्चपास पछि अध्यक्ष मन गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रुसमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड र समाजको अध्यक्ष,प्रतिनिधिहरु,सहभागीहरु क्रम बददा भै अघि बढेको थियो। भीसीहरुको मूर्ति अगाडि लाम लागे लगतै कार्यक्रमको संयोजक रि क्या ग्यारी घलेले अंग्रेजीमा हाम्रो पुर्खाहरुले नेपाल ब्रिटिश र मानब जगतको रक्षाको लागि धेरै मूल्य चुकाएको र वहाँहरुको सम्मान तथा सम्झना गरेको हो भन्दै कार्यक्रमको संक्षिप्त जानकारी दिनु भयको थियो। त्यसैगरि कार्यक्रमको सहसंयोजक रि मेजर खिम गौचनले दोस्रो विश्व युद्दको चिहान घरमा बचन गरेको कविता सुनाउनु भयो। क्युआरयलजीयसको पण्डित शिवचन्द्र निरौलाले हिन्दु धर्म अनुसारको र लामागुरु खेन्पो कर्मा चुस्त्रिमले अष्ठमंगलम मन्त्र पढी आत्माशान्ति, मानब र प्राणी जगतको सुख शान्तिको कामना गर्नु भयको थियो।
सो कार्यक्रम संयोजक रि.क्या.ग्यारी घलेले गर्नु भयको थियो भने उपाध्यक्ष उत्तरबहादुर गुरुङ,मेजर रि. खिम गौचनले सह संयोजक गर्नु भयको थियो। कार्यवाहक महासचिव सुशीला थापामगर, कार्यबाहक कोषाध्यक्ष जित मेनाअङ्गबो,मिडिया सहसंयोजक इजरा श्रेस्ठ,उपाध्यक्ष्य लिला सेइलिङ्ग माबो,सल्लाहाकार ओम थापा,तोप पल्ली,धन माया गुरुङ,रि क्या ताम ढेगा,रि क्या बिष्णु श्रेष्ठ,काउन्सीलर जीव बेलबासे र राम चन्द्र गुरुङ आदि र बिएफफबिएस रेडियोको प्रस्थोता श्रीमती आशा पुन,लण्डन नेपाल न्युज़ले सघाइरहेको अध्यक्ष गुरुङले बताउनु भयो।
त्यसै गरि काउन्सिलर्स,प्रथम भीसी कुलबीर थापाको मुर्तिकार यमी गुडम्यान,नेपाली समाजको अध्यक्ष तथा प्रतिनिधिहरु,स्थानीयहरु,ब्यापारीहरु,सामाजिक अभियन्ताहरु,स्थानीय सूचनाका प्रतिनिधिहरु र गोर्खा आमा समूह अल्डरसटको बाक्लो उपस्थिति थियो।
सबैको राय सल्लाह र प्रतिक्रियाहरु लिने र विचार बिमर्स गरि अर्को वर्ष कार्यक्रम तर्जुमा गर्ने जानकारी अध्यक्ष्य गुरुङले दिनु भयो।प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउनु हुने सम्पूर्णलाइ अध्यक्ष गुरुङले धन्यवाद दिनु भयको थियो।