Thursday March 20, 2025

पोखरेली मंचकी फस्टलेडी हरिमाया गुरुड्गलाई पितृशोक

९ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1573


पोखरेली मंचकी फस्टलेडी हरिमाया गुरुड्गलाई पितृशोक

शीतलपाटीन्युज डटकम।

लण्डन। पोखरेली मंच युकेकी फस्टलेडी हरिमाया गुरुड्गलाई पितृशोक परेको छ। उहाको पिता बुध्दि बहादुर गुरुङको मिति २०८०/०८/०५ मा अस्पतालमा उपचारको क्रममा निधन भयको छ।

पुर्खौली घर पर्वत आर्थर डाडाखर्क भै हाल चितवन भरतपुर गोद्रग निबासी गुरुड्गको उपचारको क्रममा स्वर्गारोहण भयको हुदा हामी सम्पुर्ण परिवारका सदस्यहरु अत्यन्तै मर्माहत रस्तब्ध भयका छौ छोरी ज्वाई करम गुरुड्ग,हरिमाया गुरुड्ग भन्दै पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गले फेसबुकमा पोष्ट गर्नु भयको छ।

पोखरेली मंच युकेका अध्यक्ष एवम ज्वाइ करम गुरुड्गले स्वर्गिय दिबड्गत आत्मामा चिर शान्तीको प्रार्थना गर्दै यस दुखद घडिमा शोकमा रहनु हुने श्रीमती गम कुमारी गुरुड्ग,छोराहरु सुख बहादुर र धिरज गुरुड्ग,खेम बहादुर गुरुड्ग,बिजय गुरुड्ग र परिवारहरु,छोरीहरु हरिमाया गुरुड्ग र शान्ती गुरुड्गमा पर्न गएको यो अपुरणिय क्षतीको पिडा बहन तथा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी भगवान श्री बुध्दसंग प्रार्थना गर्नु भयको समाचार छ।

साथै पोखरेली मंच युकेका उपाध्यक्ष पबित्र गुरुड्गेले पोखरेली मंच युकेकी फस्टलेडी हरिमाया गुरुड्गलाई परेको पितृशोक र पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गलाई परेको शोकलाई शक्तिमा बदल्न आफु र पोखरेली मंच युकेका तर्फबाट समबेदना ब्यक्त गर्दै “Rest In Peace” भन्नु भयको छ। 

शीतलपाटीन्युज डटकमले पनि मृतआत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दै धैर्यधारणको कामना गर्दछ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?