११ मंसिर, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। हालै आयोजीत महाअधिबेसनबाट तमुधि लण्डन इकाईको अध्यक्षमा भरत गुरुङ निर्विरोध निर्वाचित भएका छन्। तमुधीं यूके लण्डन इकाईको १६औं बार्षिक साधरण सभा तथा अधिवेसन भब्यताको साथ सम्पन्न भयको हो।
तमुधीं लण्डन इकाईको महासचिब रक गुरुड्गले संचालन गरेको १६औं बार्षिक साधरण सभा इकाईका अध्यक्ष बिष्णु गुरुड्गको अध्यक्षतामा भयको र तमुधीं यूकेका अध्यक्ष हरि गुरुड्गको प्रमुख अथिती रहेको सो कार्यक्रममा आमा समुह प्रमुख श्रीमती सन्ध्या गुरुड्गको बिशेष अथिथ्यता रही पानसमा बत्ती बालेर उदघाटन गरीएको सो कार्यक्रम भब्यताको साथ सम्पन्न भयको थियो।
दोस्रो चरणको कार्यक्रम खुल्ला सत्र अधिवेसनबाट नयां कार्यसमिति चयनको लागि निर्वाचन समिति संयोजक ले.रि.नारायण प्रसाद गुरुड्गको संयोजकत्वमा सर्वसम्मतबाट नव निर्वाचित भरत गुरुड्गको अध्यक्षतमा छैटौं नयां कार्यसमिति गठन भयो।त्यसैगरि आमा समुह अध्यक्ष पदमा सर्व सम्मतबाट श्रीमती देवकला गुरुड्गको अध्यक्षतमा कार्यसमिति गठन भयो। कार्यक्रममा बिजयी ऊहांहरु दुवैजनालाई उपस्थित सबैले धेरै बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गरियो।
साथै आफ्नो तीन बर्षीय कार्यकाल सफलता पूर्वक पुरा गर्नु भएका निबर्तमान अध्यक्ष बिष्णु गुरुड्ग,आमा समुह अध्यक्ष श्रीमता कमला गुरुड्गलाई पनि धेरै धेरै बधाई गरिएको थियो।
कार्यक्रममा बिशेष अथितिहरुमा लण्डन इकाईका प्रमुख संरक्षक खुशीमान गुरुड्ग,मिना गुरुड्ग,इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टिज डेबिड गुरुड्ग,निबर्तमान अध्यक्ष ट्र्ष्टिज चन्द्र बहादुर गुरुड्ग,निबर्तमान आमा अध्यक्ष एवं ट्र्ष्टिज तमुधीं यूकै कोषाध्यक्ष डिलमाया गुरुड्ग,चार भन्ज्याडं यूकेका अध्यक्ष वेन कुमार गुरुड्ग,सोंपाल समाज यूकेको अध्यक्ष श्रीप्रसाद गुरुड्ग,आमा प्रमुख मनदेवी गुरुड,ऊपाध्यक्ष जगदिश गुरुड्ग,भूम्दीकोट यूकेका संस्थापक अध्यक्ष तमुधीं यूके सल्लाहकार गम बहादुर गुरुड्ग,BGNA Uk निवर्तमान अध्यक्ष देऊ बहादुर गुरुड्ग,समाजसेवी SERTD पूर्व आमा अध्यक्ष श्रीमती पार्वती गुरुड्ग,इकाईका प्रमुख सल्लाहकार एवं काऊन्सिलर लक्ष्य बहादुर गुररुड्ग,श्रीमती यूवा गुरुड्ग,तमु कलाकार सांस्कृतिक मंच यूके निबर्तमान अध्यक्ष कुमार गुरुड्ग,पूर्व अध्यक्ष एवं सल्लाहकार तमुधीं यूके रमेश गुरुड्ग,तथा धेरै पदाधिकारीज्यूहरुको गरिमामय ऊपस्थितिले अधिवेसनलाई बिशेष गरिमामय बनेको थियो। साथै निर्वाचन समितिलाई सहज तबरले आफ्नो जिम्वेवारीलाई पुरा गरिदिनु भएकोमा सम्पूर्ण तमुधीं लण्डन इकाई परिवार कृतज्ञताका साथ धन्यवाद ज्ञापन गरीएको थियो।
छैटौं कार्यसमितिका पदाधिकारी
१) भरत कुमार गुरुड्ग- अध्यक्ष।
२) ईश्वर गुरुड्ग- बरिष्ठ ऊपाध्यक्ष।
३) मान सिहं गुरुड्ग-ऊपाध्यक्ष।
४) रक गुरुड्ग- महासचिव
५)प्रकाश गुरुड्ग- सह-सचिव
६) प्रेमराज गुरुड्ग- कोषाध्यक्ष
७)सह-कोषअध्यक्ष
८) शुसील गुरुड्ग- मिडिया सचिव
९) कुमार गुरुड्ग- सांस्कृतिक सचिव
१०) मीना गुरुड्ग- सांस्कृतिक सह-सचिव
११) दल गुरुड्ग- सदस्य
१२) लाल क्होला गुरुड्ग- सदस्य
१३) बिक्रम गुरुड्ग- सदस्य
आमा समुह कार्यसमितिमा-
१४) देवकला गुरुड्ग- आमासमुह अध्यक्ष
१५)बिनु गुरुड्ग- बरिष्ठ ऊपाध्यक्ष “”
१६)गुना गुरुड्ग- ऊपाध्यक्ष
१७) सचिव- मनु गुरुड्ग
१८) गुड्डु गुरुड्ग(पार्वती)- कोषाध्यक्ष
१९) दुर्गा गुरुड्ग- सहकोषाध्यक्ष
२०) हेलिसा गुरुड्ग- कार्यक्रम संयोजक
२१) सृष्टी गुरुड्ग- स्वास्थ्य कोडिनेर (संयोजक)
२२) तुल्सी गुरुड्ग- सदस्य
२३) लक्ष्मी गुरुड्ग- सदस्य
२४) पूर्णीमा गुरुड्ग- सदस्य
२५) बिध्या गुरुड्ग- सदस्य
२६) पुनम गुरुड्ग- सदस्य
२७) जयन्ती गुरुड्ग- सदस्य
२८) संगीता गुरुड्ग- सदस्य
२९) दिब्या गुरुड्ग- सदस्य