Friday March 21, 2025

जहा छन बुध्दका आखाका गायक भक्तराज आचार्य रहेनन

१४ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 2177


जहा छन बुध्दका आखाका गायक भक्तराज आचार्य रहेनन

शीतलपाटीन्युज डटकम।

काठमाडौं। भजन शिरोमणि उपाधिले सम्मानित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। आचार्यको सोमबार अस्पताल लैजादैं गर्दा बाटोमै  निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

विसं १९९९ साल असोज १६ मा जन्मिएका आचार्य स्वरसम्राट नारायण गोपालका समकालीन गायक हुन्। उनले नेपाली सुगम संगीतमा विशिष्ट योगदान पुर्‍याएका छन्। 

आचार्यका ‘जहाँ छन् बुद्धका आँखा’, ‘मुटु जलिरहेछ’,‘जति चोट दिन्छौ’,‘हजार सपनाहरूको माया लाएर आउँछ’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायतका थुप्रै गीत लोकप्रिय छन्। आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन्।

स्वास्थ्य समस्याका कारण पछिल्लो तीन दशकयता भनेरै  उनले गाउन सकेका थिएनन्।  स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।

स्वर्गीय आचार्यका दुई छोरा सत्य र स्वरुप आचार्य पनि गीत/संगीतमै सक्रिय छन्।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?