Thursday March 20, 2025

सहारा युकेको ८औ कार्यसमिती बैठक आहा रारा गोल्डकपको समिक्षा गर्दै सम्पन्न

२० फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1368


सहारा युकेको  ८औ कार्यसमिती बैठक आहा रारा गोल्डकपको समिक्षा गर्दै सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। सहारा युके ८औ कार्यसमितीको बैठक शनिबार लन्डनस्थित एम्पायर हल अल्डरसटमा सम्पन्न भएको छ।  

सहारा युकेका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो।


कार्यक्रमको शुरुआतमा अध्यक्ष गुरुङले आहा रारा गोल्डकपका लागि नेपाल भ्रमणबारे संस्थाका पदाधिकारीहरु तथा सदस्यहरुलाई जानकारी गराएका थिए। अध्यक्ष गुरुड्गले संस्थाको पछिल्लो बैठकले गरेका निर्णय र भएका कामको पनि अपडेट उल्लेख गरेका थिए। 

सहारा युकेका कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्ष जगन गुरुङले आर्थिक अवस्थाबारे जानकारी गराएका थिए।  पोखरामा गत माघमा सम्पन्न आहा रारा गोल्डकपको पनि अपडेट गराउदै बैठकमा संस्थाले २०२४ मा सञ्चालन गर्ने योजना तथा कार्यक्रम मसौदा बारे पनि छलफल गरेका थिए। 


अध्यक्ष गुरुङले यस वर्ष हुने सहारा फुटबल लिग एन्ड टुर्नामेन्ट,सपोर्टिङ फर युथ,बर्खे गतिविधिहरू,वेल्समा हुने सहरा क्याम्पिङ र सहारा युकेका अन्य गतिविधिबारे बैठकमा छलफल गरेका थिए। 

८ औ कार्यसमितीको यो कार्यक्रम सञ्चालन महासचिव पिताम्बर गुरुड्ग बिदामा रहेकोले सहारा युकेका उपाध्यक्ष शारदा गुरुङले संचालन गरेका थिए।

अध्यक्ष गुरुड्गले सहभागी सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए।

photo- Milan Tamu Gurung



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?