Tuesday May 20, 2025

बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करबाट पुल ध्वस्त

१४ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1429


बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करबाट पुल ध्वस्त

सुरेश कोईराला,
अमेरीका।
आज विहान स्थानीय समय अनुसार १.२६ मिनेट जाँदा मालबाहक पानी जहाजको ठक्करबाट बाल्टिमोरमा एक पुल ध्वस्त भएको छ। बाल्टिमोर हार्वरमा पोटास्को नदी माथि रहेको इन्टरस्टेट ६९५ जोड्ने १.६ माइल लामो मुख्य पुल ‘Francis Scott Key Bridge’ को एउटा पिलरलाई श्रीलंकाको कोलम्बोको लागि प्रस्थान गर्न लागेको मालबाहक जहाज ‘Dali’ले ठक्कर दिएको हो।

पुलको मु्ख्य हिस्सा नदीमा खसेको छ भने दुर्घटनाका बेला पुलमा नियमित मर्मत कार्य जारी रहेकाले मर्मत कार्यमा संलग्नहरु पानीमा खसेकाछन्। उद्धारकर्ताहरुले दुईजनालाई जिवितै पानीबाट निकालेको सिएनएनले जनाएको छ। मर्मत कर्मचारीहरुका गाडी नदीमा डुबेको जनाइएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?