Saturday January 28, 2023

पोखरामा फिल्ममेकिङ्ग वर्कशप हुँदै

१९ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1373



शीतलपाटीन्युज डटकम, पोखरा  ।

यही भाद्र २४ गते देखी २९ गते सम्म पर्यटकीय सुन्दर नगरी पोखरामा फिल्मलेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीको एक हप्ते फिल्ममेकीङ्ग वर्कशप हुने भएको छ । यो भन्दा अगाडी पोखरामा फिल्म सुटीङ्ग, फिल्मफेस्टीबल, अवार्ड कार्यक्रम तथा फिल्म कम्पीटीसनहरु हुदै आइरहे पनि यो प्रकारको चलचित्र सम्बन्धी शैक्षिक कार्यक्रम सम्भवत पहिलो पटक हुन लागेको हो । वर्कशपमा चलचित्र सम्बन्धी ईच्छा भएका र सिक्न चाहने जो कोही पनि सहभागी हुन सकिनेछ । 

पछिल्लो समय फिल्म निर्माण र प्रदर्शन सम्बन्धी सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरीज, म्युजिक भिडीयो, टेलिभीजन कार्यक्रम, युट्युव प्रोग्राम, कमर्सीयल भिडीयो लगायतका प्लेटफर्ममा पनि राम्रो करियर र कमाई देखिन थालेपछि युवा पुस्तामा फिल्म  मेकिङ्गमा थप चासो बढेको पाइएको छ ।

तर कतिपय ईन्डीपेन्डेन्ट न्यूफिल्म मेकरहरु रुची र कन्सेप्ट भएर पनि फिल्म निर्माण सम्बन्धी शैद्धान्तीक तथा प्राविधिक ज्ञान नहुनाले कामगर्न नसकिरहेको समस्यालाई मध्यनजर गर्दै यो प्रकारको शैक्षिकअभियान सुरु गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए । पुर्वको बिर्तामोडबाट सुरु भएको वर्कशप ईटहरी, हेटौडा, दाङ्ग, नारायणघाट पछि पोखरामा हुन लागेको हो । पोखरा पछि पनी बुटवल, नेपालगञ्जहुदै धनगढीमा पुगेर वर्कशप सकीने बताइएको छ ।

मुख्यतया वर्कशप फोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राईटीङ्ग, डाईरेक्सन र फिल्म निर्माणमा केन्द्रित हुनेछ । पोखरामा हुन लागेको उक्त वर्कशपको लागि हाईवे तथा कालो पोथीका राइटर अविनास बिक्रमशाह, हिफाजत, अन्दाज, दशगजा, मंगलम लगायत दर्जनौ फिल्मका सिनेम्याटोग्राफर बिष्णु कल्पित घिमिरे  र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन र वर्कशपमा सहभागी विद्यार्थीहरुलाई हौसला तथा प्रोत्साहनको लागि कलाकार दिपकराज गिरी पनि जाने भएका छन् । 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?